नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस् « Khabarhub

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही मन्त्रीहरूले गैर राजनीतिक गतिविधि गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न ध्यानाकर्षण गराएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद मल्लले सरकारका केही मन्त्रीहरूले विपक्षी र सर्वसाधारणलाई तर्साउने, धम्क्याउने र गैर राजनीतिक अभिव्यक्ति दिने गरेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न ध्यानाकर्षण गराएका हुन् ।  

त्यस्तै उनले जलविद्युत सुरुङमा खोजी कार्यको अवस्थाका बारेमा जानकारी दिन माग गरे । बेपत्ता तथा मृतकका आफन्तहरू अन्तिम संस्कारका लागि डीएनए रिपोर्टको पर्खाइमा रहेकाले परीक्षण छिटो सम्पन्न गरी परिवारलाई आधिकारिक जानकारी दिन समेत उनले माग गरे । 

उनले प्रहरी संगठनले आफ्ना सुरक्षाकर्मीका लागि राहत घोषणा गरेजस्तै मृतक तथा बेपत्ता आम नागरिकका परिवारका लागि पनि सरकारले तत्काल राहत र पुनर्स्थापना प्याकेज ल्याउनुपर्ने धारणा राखे ।  

उनले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको नियमित पठनपाठन तत्काल सुरु गर्न, बालबालिका लक्षित मनोपरामर्श र किशोरी सुरक्षा कार्यक्रम सञ्चालन गर्न र प्रभावित क्षेत्रका एसईई दिने विद्यार्थीहरूका लागि विशेष प्याकेजसहितको कक्षा सञ्चालन गर्न आग्रह गरे । 

साथै सांसद मल्लले देशभरका अभिभावकविहीन बालबालिकाको संरक्षण र शिक्षाको जिम्मेवारी लिन संघीय सरकारले एकरूप नीति घोषणा गर्नुपर्ने बताए । 

बाढीबाट बगेका सडक र झोलुङ्गे पुलको ठाउँमा तुइन नभई तत्काल बेलिब्रिज तथा सुरक्षित झोलुङ्गे पुल समयसीमा तोकेर निर्माण गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  २ : ०३ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको