काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू) « Khabarhub

काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)


३० भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला वनबाट काठमाडौं ल्याइएको छ ।

तान्त्रिक तथा परम्परागत विधिअनुसार पूजा गरी छनोट गरिएको रूख काटेर तयार पारिएको लिङ्गोलाई सडकमा तान्दै मंगलबार काठमाडौं ल्याइएको हो ।

इन्द्रजात्राको लिङ्गोलाई नेपाल भाषामा ‘यःसिं’ भनिन्छ । नालाको जंगलबाट ल्याइएको यही  लिङ्गोलाई विधिपूर्वक तयार पारेर हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको मूर्तिअगाडि ठड्याइन्छ । लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरेपछि इन्द्रजात्राको औपचारिक रूपमा सुरू हुने धार्मिक मान्यता छ ।

लिङ्गो छनोट र कटानको प्रक्रिया पनि विशेष धार्मिक विधिसँग जोडिएको छ । परम्पराअनुसार काभ्रेको नाला क्षेत्रमा वनयात्रा गरी पूजा गरेपछि निश्चित विधिबाट रूख छनोट गरिन्छ ।

विगतमा विशेष पूजा गरिएको बोका जंगलमा छाड्दा उसले छोएको रूखलाई लिङ्गोका लागि छनोट गर्ने चलनसमेत रहेको पाइन्छ ।

काभ्रेको नाला वनबाट काठमाडौंसम्म लिङ्गो तानेर ल्याउने परम्परा आफैँमा इन्द्रजात्राको महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । काभ्रेबाट भक्तपुर हुँदै भोटाहिटी, असन, इन्द्रचोक हुँदै हनुमानढोकासम्म लिङ्गो ल्याउँदा बाटोभरि सर्वसाधारणको भीड लाग्ने गर्छ ।

तस्बिर : आभाष रञ्जित/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  २ : १३ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६