काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू) « Khabarhub

काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयो इन्द्रजात्राको लिङ्गो (तस्बिरहरू)


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो काभ्रेको नाला वनबाट काठमाडौं ल्याइएको छ ।

तान्त्रिक तथा परम्परागत विधिअनुसार पूजा गरी छनोट गरिएको रूख काटेर तयार पारिएको लिङ्गोलाई सडकमा तान्दै मंगलबार काठमाडौं ल्याइएको हो ।

इन्द्रजात्राको लिङ्गोलाई नेपाल भाषामा ‘यःसिं’ भनिन्छ । नालाको जंगलबाट ल्याइएको यही  लिङ्गोलाई विधिपूर्वक तयार पारेर हनुमानढोका दरबार क्षेत्रमा रहेको कालभैरवको मूर्तिअगाडि ठड्याइन्छ । लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरेपछि इन्द्रजात्राको औपचारिक रूपमा सुरू हुने धार्मिक मान्यता छ ।

लिङ्गो छनोट र कटानको प्रक्रिया पनि विशेष धार्मिक विधिसँग जोडिएको छ । परम्पराअनुसार काभ्रेको नाला क्षेत्रमा वनयात्रा गरी पूजा गरेपछि निश्चित विधिबाट रूख छनोट गरिन्छ ।

विगतमा विशेष पूजा गरिएको बोका जंगलमा छाड्दा उसले छोएको रूखलाई लिङ्गोका लागि छनोट गर्ने चलनसमेत रहेको पाइन्छ ।

काभ्रेको नाला वनबाट काठमाडौंसम्म लिङ्गो तानेर ल्याउने परम्परा आफैँमा इन्द्रजात्राको महत्त्वपूर्ण सांस्कृतिक पक्ष हो । काभ्रेबाट भक्तपुर हुँदै भोटाहिटी, असन, इन्द्रचोक हुँदै हनुमानढोकासम्म लिङ्गो ल्याउँदा बाटोभरि सर्वसाधारणको भीड लाग्ने गर्छ ।

तस्बिर : आभाष रञ्जित/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  २ : १३ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन