नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा « Khabarhub

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा


३० भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स प्लेटफर्म यतिडिल डटकम सञ्चालनमा आएको  छ ।

‘यति सस्तो, यति छिटो’ नारासहित स्वदेशी लगानीमा निर्मित डिजिटल किनमेल यस प्लेटफर्मले ग्राहकलाई गुणस्तरीय सामग्री किफायती मूल्यमा तथा छिटो डेलिभरीमार्फत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

यतिडिल डटकमले इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, हार्डवेयर तथा मेसिनरी, घर सजावट, फार्मेसी तथा फिटनेस सामग्री, स्टेशनरी, खेलौना र खेलकुद सामग्रीलगायत विभिन्न श्रेणीका उत्पादनहरू एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने व्यवस्था गरेको छ । 

 
कम्पनीले काठमाडौं उपत्यकाभित्र २४ घण्टा र उपत्यकाबाहिरकाप्रमुख स्थानहरूमा ४८ घण्टाभित्र डेलिभरी गर्ने व्यवस्था गरेको जनाएको छ। आफ्नै लजिस्टिक नेटवर्क तथा विश्वसनीय डेलिभरी साझेदारहरूमार्फत सेवा प्रवाह गरिने कम्पनीको भनाइ छ ।
 
विदेशमा रहेका नेपाली तथा नेपालप्रेमी अन्तर्राष्ट्रिय ग्राहकहरूलाई लक्षित गर्दै प्लेटफर्ममा स्वदेशी तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरू एकीकृत गरिएको छ । यसमार्फत विदेशबाटै नेपालमा रहेका आफन्त तथा परिवारजनका लागि सामग्री, उपहार तथा आवश्यक वस्तुहरू सहज रूपमा अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

सुरुवातको अवसरमा कम्पनीले विशेष अफरहरू समेत सार्वजनिक गरेको छ। 

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  २ : ३० बजे

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका