नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा « Khabarhub

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स प्लेटफर्म यतिडिल डटकम सञ्चालनमा आएको  छ ।

‘यति सस्तो, यति छिटो’ नारासहित स्वदेशी लगानीमा निर्मित डिजिटल किनमेल यस प्लेटफर्मले ग्राहकलाई गुणस्तरीय सामग्री किफायती मूल्यमा तथा छिटो डेलिभरीमार्फत उपलब्ध गराउने लक्ष्य लिएको छ ।

यतिडिल डटकमले इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, हार्डवेयर तथा मेसिनरी, घर सजावट, फार्मेसी तथा फिटनेस सामग्री, स्टेशनरी, खेलौना र खेलकुद सामग्रीलगायत विभिन्न श्रेणीका उत्पादनहरू एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने व्यवस्था गरेको छ । 

 
कम्पनीले काठमाडौं उपत्यकाभित्र २४ घण्टा र उपत्यकाबाहिरकाप्रमुख स्थानहरूमा ४८ घण्टाभित्र डेलिभरी गर्ने व्यवस्था गरेको जनाएको छ। आफ्नै लजिस्टिक नेटवर्क तथा विश्वसनीय डेलिभरी साझेदारहरूमार्फत सेवा प्रवाह गरिने कम्पनीको भनाइ छ ।
 
विदेशमा रहेका नेपाली तथा नेपालप्रेमी अन्तर्राष्ट्रिय ग्राहकहरूलाई लक्षित गर्दै प्लेटफर्ममा स्वदेशी तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरू एकीकृत गरिएको छ । यसमार्फत विदेशबाटै नेपालमा रहेका आफन्त तथा परिवारजनका लागि सामग्री, उपहार तथा आवश्यक वस्तुहरू सहज रूपमा अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

सुरुवातको अवसरमा कम्पनीले विशेष अफरहरू समेत सार्वजनिक गरेको छ। 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  २ : ३० बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको