काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स प्लेटफर्म यतिडिल डटकम सञ्चालनमा आएको छ ।
‘यति सस्तो, यति छिटो’ नारासहित स्वदेशी लगानीमा निर्मित डिजिटल किनमेल यस प्लेटफर्मले ग्राहकलाई गुणस्तरीय सामग्री किफायती मूल्यमा तथा छिटो डेलिभरीमार्फत उपलब्ध गराउने लक्ष्य लिएको छ ।
यतिडिल डटकमले इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य सामग्री, हार्डवेयर तथा मेसिनरी, घर सजावट, फार्मेसी तथा फिटनेस सामग्री, स्टेशनरी, खेलौना र खेलकुद सामग्रीलगायत विभिन्न श्रेणीका उत्पादनहरू एउटै प्लेटफर्ममार्फत उपलब्ध गराउने व्यवस्था गरेको छ ।
कम्पनीले काठमाडौं उपत्यकाभित्र २४ घण्टा र उपत्यकाबाहिरकाप्रमुख स्थानहरूमा ४८ घण्टाभित्र डेलिभरी गर्ने व्यवस्था गरेको जनाएको छ। आफ्नै लजिस्टिक नेटवर्क तथा विश्वसनीय डेलिभरी साझेदारहरूमार्फत सेवा प्रवाह गरिने कम्पनीको भनाइ छ ।
विदेशमा रहेका नेपाली तथा नेपालप्रेमी अन्तर्राष्ट्रिय ग्राहकहरूलाई लक्षित गर्दै प्लेटफर्ममा स्वदेशी तथा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरू एकीकृत गरिएको छ । यसमार्फत विदेशबाटै नेपालमा रहेका आफन्त तथा परिवारजनका लागि सामग्री, उपहार तथा आवश्यक वस्तुहरू सहज रूपमा अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।
सुरुवातको अवसरमा कम्पनीले विशेष अफरहरू समेत सार्वजनिक गरेको छ।












प्रतिक्रिया