कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने « Khabarhub

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन् २०२८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेर आफू दौडमा नउत्रने बताएका छन् । डेमोक्रेटिक पार्टीका सम्भावित राष्ट्रपतीय दाबेदार मानिएका न्युसमले सिएनएनसँगको अन्तर्वार्तामा ह्यारिस र आफू दुवै उम्मेदवार बने डेमोक्रेटिक मत विभाजित हुने र त्यसबाट रिपब्लिकनलाई फाइदा पुग्ने बताएका हुन् ।

सिएनएनका प्रस्तोता जेक टेपरसँगको अन्तर्वार्तामा उनले ह्यारिस उम्मेदवार बन्ने आफूले प्रतिस्पर्धा नगर्ने स्पष्ट पारे । रिपब्लिकनहरूले वर्तमान उपराष्ट्रपति जेडी भान्ससहित सम्भावित उम्मेदवारको पक्षमा मत एकत्रित गर्न सक्ने उनको भनाइ छ । दुई डेमोक्रेटिक उम्मेदवारबीचको प्रतिस्पर्धालाई उनले पार्टीका लागि ‘पारस्परिक रूपमा सुनिश्चित विनाश’ को अवस्था बताए।

न्युसमले सन् २०२४ मा तत्कालीन राष्ट्रपति जो बाइडेनविरुद्ध उम्मेदवारी नदिनुको कारण आफू त्यतिबेला तयार नभएको बताए। आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णयमा आफ्ना चार सन्तानको समर्थन पनि महत्त्वपूर्ण हुने उनले बताए।

सन् २०१८ मा क्यालिफोर्नियाको गभर्नर निर्वाचित भएका न्युसम चार वर्षपछि दोस्रो कार्यकालका लागि पुनःनिर्वाचित भएका हुन्। सान फ्रान्सिस्कोको मेयर हुँदै गभर्नरसम्म पुगेका उनलाई सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित डेमोक्रेटिक उम्मेदवारका रूपमा हेरिँदै आएको छ ।

यसैबीच, न्युसमले सोमबार सर्वोच्च अदालतको मेल–इन मतदानसम्बन्धी निर्णयको स्वागत गरेका छन्। उनले निर्णयलाई लोकतन्त्र, विधिको शासन र संवैधानिक अधिकार प्रयोग गर्न चाहने अमेरिकी जनताका लागि सकारात्मक भएको बताए। 

उनले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि विगत २० महिनामा लोकतन्त्रमाथि निरन्तर आक्रमण गरेको आरोपसमेत लगाए।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  २ : २९ बजे

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल