‘शताब्दी घर’मा लाखेको बिदाइ ! « Khabarhub

‘शताब्दी घर’मा लाखेको बिदाइ !


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी– तीज पर्वसँगै नेवार समुदायमा भदौरे जात्राको मैजारो भएको छ । बर्खे नाचले चिनिने यस जात्रामा लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायतका नाच तथा झाँकी प्रदर्शन गर्ने गरिन्छ । जनैपूर्णिमाको भोलिपल्टदेखि भदोरै जात्राको रौनक सुरु हुने भएपनि नेवार जातिको लोकप्रिय नाच लाखे भने गठेमङ्गल पर्वदेखि नचाउने चलन छ ।

ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले पर्वमय माहोलको छनक दिने गर्छन् । पर्वतको कुश्मास्थित ‘शताब्दी घर’को आँगन पनि सोमबार साँझ लाखे नाचले गर्मायो । पुरानो बजार क्षेत्रमा सक्रिय लाखे एकीकृत समाजले यस वर्षको अन्तिम लाखे नाच प्रदर्शन गरेको थियो । यससँगै वर्षदिनका लागि लाखे नाचलाई बिदाइ गरिएको स्थानीयवासी जयन्द्रकुमार जोशीले बताए।  

कुश्मामा साउन कृष्ण औँशी अर्थात् भुते औँशीदेखि तीजसम्म लाखे नाच देखाउने परम्परा रहेको उहाँको भनाइ छ । यसबीचमा रोपाइँ जात्रा, गाईजात्रा, बाघ जात्रा र हनुमान नाच प्रदर्शन गर्ने गरिएको जोशीले बताए। करिब अढाई वर्षदेखि कुश्मामा लाखे नाचको सुरुवात भएको मानिन्छ । 

‘हामीले जान्दैखेरी लाखे नाच देखाउन सुरु गरिएको थियो, नेवारी संस्कृतिको संरक्षण गर्न बर्सेनि लाखे नाच प्रदर्शन गर्दै आएका छौँ’, उनले भने। 

नेवार समुदायले निकाल्ने लाखे नाचमा अन्य जातजातिको पनि सहभागिता रहने गरेको छ । लाखे बनेर नाच्ने काम नेवार समुदायका व्यक्तिबाट हुने भए पनि यसको तयारीदेखि व्यववस्थापकीय काममा कुश्मावासी सबैको हातेमालो रहँदै आएको छ ।

संस्कृतिकर्मी शान्तिनारायण श्रेष्ठका अनुसार भदौरे जात्रामा लाखे नाचसहित गाईजात्रा, नागा नाच, रोपाइँ जात्रा, बाघ जात्रा, कृष्ण जात्रा, हनुमान नाच, बकुल्ला नाच आदि पर्छन् । 

संरक्षण अभावमा बकुल्ला नाच र हनुमान नाच भने लोप हुने अवस्थामा पुगेको उनले बताए । विगतका वर्षमा झैँ यस वर्ष पनि लाखे नचाउँदै नगर परिक्रमा गर्ने, विविध परम्परागत वेषभूषा र चरित्रमा लाखे नाच देखाइएको लाखे एकीकृत समाजका कार्यक्रम संयोजक रजतमान श्रेष्ठले बताए।

‘किंवदन्ती अनुसार भूतप्रेतहरू मानिसमा लागेर सताउने भएकाले उनीहरूले मानिसलाई दुःख नदिउन् भन्नका लागि लाखे नाचको प्रचलन सुरु भएको हो’, उनले भने। 

उनले लाखे नाचजस्ता नेवार समुदायमा प्रचलित परम्परागत नाच र संस्कृति पुस्तान्तरणको खाँचो औँल्याए । संरक्षणकर्मी आरके अदीप्त गिरीले लाखे नाच अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको बताए।

‘२५० वर्षअघि भक्तपुरबाट आएको यो परम्परालाई जोगाउन नेवार समुदायको सक्रियता मात्र पर्याप्त छैन’, उनले भने, ‘यसका लागि राज्यले नीतिगत प्रबन्धसहित दीर्घकालीन सहयोग गर्न आवश्यक छ ।’

सदियौँदेखि मनाउँदै आइएका स्थानीय मौलिक कला, संस्कृति, पर्व, परम्परा र वेषभूषाको संरक्षण एवं सम्वद्र्धनका ‘शताब्दी घर’को परिकल्पना एवं संरक्षण गरिएको गिरीले बताए। 

लाखे जस्तै विभिन्न समुदायमा प्रचलित नाचगानलाई जोडेर ‘शताब्दी घर’ मा मासिक शृङ्खला सञ्चालन गर्ने योजना बनाइएको उनको भनाइ छ । समुदायसँगै स्थानीय तहले पनि कला, संस्कृति र सम्पदा संरक्षणमा ध्यान दिनुपर्ने गिरीले बताए। 

के हो लाखे नाच ?

लाखे नाच घण्टाकर्ण (गठेमङ्गल) पर्वमा सुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति बियोगमा व्युहल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किम्बदन्ती पाइन्छ । 

त्यसकै प्रतिक स्वरूप नेवार समुदायले बर्सेनि लाखे नाच प्रदर्शन गर्दै आएका छन् । नेवार जाति बसोबास गर्ने ठाउँ अनुसार फरक–फरक तरिकाले लाखे नाच नचाउने गरिन्छ । लाखे नाचको प्रचलन र यसको इतिबासबारे पनि विभिन्न तर्क पाइन्छन् ।

लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरूप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिँगारेर लाखे नचाउने गरिन्छ । नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रूपमा लाखे नाचको परम्परालाई धान्दै आएका छन् । 

सयौँ वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट आएका नेवार जातिले पर्वत, बागलुङलगायत ठाउँमा लाखेसहित विभिन्न जात्राका थिती बसालेको संस्कृतिकर्मी प्रेम छोटा बताउँछन्। यस्ता पर्व तथा जात्रालाई भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रूपमा लिइने गरिएको छ । हरेक नाचका आ–आफ्नै परम्परा र ऐतिहासिक मान्यता छन् । 

जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणीक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । नाचको कथा, पृष्ठभूमि, स्वरूप र शैली भने बेग्लाबेग्लै पाइन्छ । पछिल्लो समय जात्राको रौनक खुम्चदैँ गएपनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ । 

संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन् । नयाँ पुस्तामा पुरानो संस्कृतिप्रतिको मोह कम हुँदै जाँदा परम्परागत नाच संरक्षणमा चुनौती थपिएको छ ।
 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ३ : ३९ बजे

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको