गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’ « Khabarhub

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट पीडितहरुले आवाज उठाउदा आक्रोश र गालीगलौज गरिएको भन्दै आपत्ति जनाएकी छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा अर्यालले सामाजिक सञ्जालमार्फत सरकारी संयन्त्र तथा प्रधानमन्त्रीका नामबाट सञ्चालित एकाउन्टहरूले पीडित नागरिक र आलोचकहरूमाथि आक्रोश र गालीगलौज गरेको भन्दै आपत्ति जनाएकी हुन् ।

उनले प्रधानमन्त्रीको नाममा आईडी बनाएर दुरुपयोग गर्नेलाई कारबाही गर्दै अनाधिकृत खाताहरू तत्काल बन्द गर्न माग गरिन् । उनले सरकारी खर्चमा चल्ने हेलिकप्टर ’हामी नेपाल’ जस्ता संस्थाका कन्टेन्ट क्रिएटर बोक्न प्रयोग गरिएको र उद्धारभन्दा बढी सामाजिक सञ्जालको रिल बनाउनमा लागेको आरोप लगाइन् । 

भदौ १० गतेको भीषण बाढी–पहिरोमा राज्यले समयमै प्राविधिक क्षमता, विज्ञता र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नसक्दा ठूलो मानवीय क्षति भएको उनले बताइन् । 

उनले खोज, उद्धार, राहत र पुनस्र्थापनालाई प्रभावकारी र पारदर्शी बनाउन तत्काल संसदीय विशेष समिति बनाउनुपर्ने धारणा राखे साथै उनले २०७२ को भूकम्पपछिको अनुभवलाई आधार मानेर प्रधानमन्त्री कार्यालय मातहत रहने गरी स्वायत्त र अधिकारसम्पन्न ’विशेष पुनर्निर्माण प्राधिकरण’ गठनको प्रस्ताव गरिन् । 

गृहमन्त्रीले आफैं अभियुक्त तोक्ने र कानुनभन्दा माथि रहेर अभिव्यक्ति दिने गरेको भन्दै उनले लोकतान्त्रिक मूल्य–मान्यताको खिल्ली उडाएको आरोप समेत लगाइन् । 

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ४ : ०४ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको