लिथुआनियामा नेटोले ड्रोन खसाल्यो « Khabarhub

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका बेला नेटोका लडाकु विमानले लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एक ड्रोन खसालेका छन् । 

राष्ट्रपति गितानास नौसेदाले मंगलबार उक्त जानकारी दिँदै रुसले युक्रेनविरुद्ध सैन्य कारबाही तीव्र बनाइरहेकाले क्षेत्रीय सुरक्षाका लागि यस्तो तयारी महत्त्वपूर्ण भएको बताए।

लिथुआनियाली राष्ट्रिय रेडियो (एलआरटी) का अनुसार राष्ट्रिय संकट व्यवस्थापन केन्द्रको प्रारम्भिक विवरणमा ड्रोन छिमेकी बेलारुसबाट आएको र पश्चिमतर्फ गइरहेको थियो । ड्रोन देशको मध्य भागमा रहेको कौनास ताल नजिकको ग्रामीण क्षेत्रमा खसेको जनाइएको छ ।

विदेशमन्त्री केस्टुटिस बुड्रिसले लिथुआनियाको हवाई सुरक्षा मजबुत बनाउन सहयोग गर्ने सहयोगी राष्ट्रलाई धन्यवाद दिए । यसैबीच, पोल्यान्डले पनि युक्रेनमा आक्रमण गरिरहेका रुसी मानवरहित विमानको गतिविधिका कारण आफ्नो हवाई क्षेत्रमा पूर्वसावधानीस्वरूप सुरक्षा अभियान सुरु गरेको जनाएको छ । 

उक्त कदम विशेष जोखिममा रहेका क्षेत्र आसपासको हवाई क्षेत्र सुरक्षित गर्न चालिएको पोल्यान्डले जनाएको छ ।

यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनले एकअर्काका ऊर्जा संरचनामाथि आक्रमण रोक्न सहमति गरेको घोषणा गरेपछि भएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले पनि सहमति पालना गरे युक्रेन तनाव कम गर्ने कदमका लागि तयार रहेको बताएका थिए ।

यसैबीच, युक्रेनी सेनाले रुसको क्रास्नोडार क्षेत्रमा सैन्य लक्ष्यविरुद्ध लामो दूरीका आक्रमण जारी राखेको जनाएको छ भने रुसले युक्रेनतर्फ १०२ ड्रोन प्रक्षेपण गरेको बताइएको छ ।

यसअघि मे महिनामा नेटोका लडाकू विमानले इस्टोनियाको हवाई क्षेत्रमा प्रवेश गरेको युक्रेनी ड्रोन खसालेका थिए । सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि बाल्टिक क्षेत्रमा नेटोले विदेशी ड्रोन खसालेको त्यो पहिलो घटना थियो ।

लिथुआनियाका राष्ट्रपति नौसेदाले जुलाईमा आफ्नो देश रुसविरुद्ध पश्चिमी आणविक प्रतिरोध क्षमतामा सहभागी हुन चाहेको बताएका थिए । त्यसयता लिथुआनियाले आफ्नो भूमिमा आणविक हतियार भण्डारण गर्न रोक लगाउने संवैधानिक प्रावधान हटाउने प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ३ : ५७ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको