‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि « Khabarhub

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि


३० भदौ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि आरम्भ गरिने भएको छ ।
   
सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार हालसम्म भएका कार्यप्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको हो । 

उक्त बैठकमा प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले परीक्षणको थालनी गर्न लागिएको जानकारी दिइएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
   
बैठकमा समितिका सदस्यहरूले डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न राय, सुझाव तथा परामर्श दिएका थिए । प्राप्त सुझावलाई समेट्दै डिजिटल पार्लियामेन्ट कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

प्रकाशित मिति : ३० भदौ २०८३, मंगलबार  ४ : ३६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली