‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि « Khabarhub

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि आरम्भ गरिने भएको छ ।
   
सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल पार्लियामेन्टको अवधारणाअनुसार हालसम्म भएका कार्यप्रगति तथा आगामी योजनाबारे सचिवालयले समितिका सदस्यहरूलाई जानकारी गराएको हो । 

उक्त बैठकमा प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले परीक्षणको थालनी गर्न लागिएको जानकारी दिइएको सभामुख अर्यालको सचिवालयले जनाएको छ ।
   
बैठकमा समितिका सदस्यहरूले डिजिटल पार्लियामेन्टको कार्यान्वयनलाई प्रभावकारी बनाउन विभिन्न राय, सुझाव तथा परामर्श दिएका थिए । प्राप्त सुझावलाई समेट्दै डिजिटल पार्लियामेन्ट कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ४ : ३६ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको