बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ « Khabarhub

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १० गते रसुवास्थि भोटेकोशीमा आएको भीषण बाढीपहिरो प्रभावित नागरिकको उद्धार तथा राहतमा सरकारको उपस्थिति कमजोर देखिएको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रसुवाको भोटेकोशी बाढीमा परेर आफ्नो गृहजिल्ला कञ्चनपुरलगायत देशभरका सयौँ नागरिक अहिले पनि बेपत्ता रहेको बताए। उनले बाढीपहिरोबाट हजारौँ नागरिक प्रभावित तथा बेपत्ता भए पनि सरकार पीडितको घरदैलोसम्म पुग्न नसकेको बताए।

सुरक्षा निकायले आफ्ना कर्मचारीका परिवारको जिम्मेवारी लिने आश्वासन दिए पनि सर्वसाधारण नागरिकका लागि सरकारको उपस्थिति नदेखिएको उनको भनाइ थियो। प्रशासन, पालिका र स्थानीय तहले एकअर्कालाई देखाएर पन्छिने अवस्था रहेको उनले आरोप लगाए।

आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर–२ को शुक्लाफाँटा–३, जोनापुरकी दुवै मिर्गौला फेल भएकी सुनिता डगौराको उदाहरण दिँदै उनले उनका छोरा अभिषेक डगौरा लाङटाङ हाइड्रोमा बेपत्ता रहेको बताए। ‘घरमा औषधि किनिदिने र बिहान–साँझ छाक टार्ने कोही छैन,’ उनले भने।

यो एउटा प्रतिनिधि घटना मात्र भएको भन्दै बोहराले देशभरका हजारौँ बाढीपीडितको अवस्था यस्तै दयनीय रहेको बताए। ‘यो अवस्थामा सरकारले के गर्छ, कहाँ जान्छ, के भन्छ भन्ने हेर्न बाँकी छ,’ उनले भने।

उनले बाढीपहिरोमा परेका नागरिकको तत्काल खोजतलास, उद्धार तथा राहत वितरण तीव्र बनाउन र पीडित परिवारलाई गाँस र कपासको व्यवस्था गर्न सरकारसँग माग गरे।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ४ : ५१ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको