मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु « Khabarhub

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ।

काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा दुर्घटनामा परेको हो।

दुर्घटनामा ४ जना घाइते भएका छन्। घाइतेमध्ये २ पुरुष र १ महिलालाई उपचारका लागि काठमाडौँ तथा एक महिलालाई हेटौँडा पठाइएको छ।

गाडीमा चालकसहित ८ जना सवार रहेको प्रहरीले जनाएको छ। मृतकको पहिचान र दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ५ : १८ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको