क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही « Khabarhub

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही


३० भाद्र २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेपालका ब्याटर रोहित पौडेलसहित यूएईका दुई खेलाडीलाई आईसीसीले कारबाही गरेको छ ।

नेपालका रोहित र यूएईका अदीब उसमानी र खुजाइमा तनवीरलाई आईसीसीले लेभल-१ अन्तर्गत कारबाही गरेको हो । आईसीसीले रोहित र अदीबलाई खेल शुल्कको १५ प्रतिशत जरिवाना गरेको छ । यस्तै, तनवीरलाई १० प्रतिशत जरिवाना लगाइएको आईसीसीले जनाएको छ ।

खेलको ३१ औँ ओभरमा अदीप र रोहित ग्राउन्डमा वादविवादमा उत्रिएको र अम्पायरको आग्रह अस्वीकार गरेकाले उनीहरू कारबाहीमा परेको आईसीसीको भनाइ छ ।

यूएईका तनवीर भने ४६ औँ ओभरमा आउट हुँदा स्टम्पमा ब्याटले प्रहार गरेपछि कारबाहीमा परेका हुन् । तीनै खेलाडीको अभिलेखमा एक-एक डिमेरिट अंक पनि थपिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार  ८ : ४८ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले