कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता « Khabarhub

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा खुलातर्फ गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठले अग्रता लिएका छन् ।

१ हजार ९८६ मत गणना हुँदा गण्डकी प्रदेश खुलातर्फ श्रेष्ठले ७७२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्णु पौडेल (दारी) ले ७०१ मत पाएका छन् । महेन्द्रध्वज जीसीले ६४२, रेशमबहादुर वानियाँले ६३१, जितप्रकाश आले मगरले ६१४ र खुमा प्रसाद अर्यालले ५९७, भेषबहादुर पौडेलले ५२१, सुशील तिमल्सेनाले ४९४ र गोविन्दबहादुर रानाभाटले ४३१ मत पाएका छन्।

गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य महिला समूहमा सरस्वती अर्याल तिवारीले अग्रता लिएकी छन्। उनले ८१९ मत प्राप्त गर्दा ओमकला गौतमले ५८९ र रविकला खनालले ४६४ मत पाएका छन्।

३५ वर्षमुनिका युवा खुलातर्फ ईन्जिनियर सुवास पौडेलले फराकिलो अग्रता बनाएका छन्। पौडेलले १ हजार २८२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ई. चेतराज कँडेल (सुजन) ले ६२८ मत पाएका छन्। यस समूहमा पौडेलले ६५४ मतको अग्रता बनाएका छन्।

३५ वर्षमुनिका युवा महिलातर्फ डा. कला पन्तले १ हजार १४० मत प्राप्त गरेकी छिन्। उनकी प्रतिस्पर्धी एलिजा ढकालले ८०४ मत पाएकी छिन्।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ८ : ०६ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको