काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा लेन मार्किङको काम अघि बढाएको छ ।
सोही क्रममा कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत कलंकी अन्डरपासको सफाइ र रङरोगन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।
चक्रपथको पहिलो खण्ड कोटेश्वर–कलंकी सडक चीन सरकारको सहयोगमा निर्माण गरिएको हो । यस खण्डअन्तर्गत बनेको अन्डरपास सञ्चालनमा आएपछि कलंकी क्षेत्रमा हुने सवारी जाम न्यूनीकरणमा सहयोग पुगेको छ।
पहिलो खण्ड निर्माण सम्पन्न भइसके पनि चक्रपथको दोस्रो खण्ड कलंकी-महाराजगञ्ज विस्तारको काम भने अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । सडक विस्तारमा भइरहेको ढिलाइका कारण चक्रपथको स्तरोन्नति र यातायात व्यवस्थापनमा चुनौती कायम छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
































प्रतिक्रिया