काठमाडौं– नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ । १८ गतेदेखि काठमाडौँमा सुरु भएको महाधिवेशनमा २३ गते मतदान भएको थियो । त्यसपछि निरन्तर मत गर्न जारी रहेको छ ।
आजसम्म आइपुग्दा पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको र केन्द्रीय सदस्यको भने अन्तिम चरणमा पुगेकाले आज बेलुकासम्ममा सबै मत परिणाम आइसक्ने निर्वाचन आयोगका सदस्य सचिव राजू कटुवाल बताउँछन् ।
अहिले धमाधम मत परिणाम अन्तिम अवस्थामा आइसक्ने तयारीमा रहेको उनको भनाइ छ । ‘अन्तिम चरणमा छ आज बेलुकासम्ममा सबै पदको मत परिणाम सार्वजनिक हुनेछ ।’ उनले भने,’विभिन्न समूह अन्तर्गतको मतगणना जारी छ ।’

















प्रतिक्रिया