प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने « Khabarhub

प्रसूति सेवामा अब आमाको गोपनीयता सुनिश्चित गरिने


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको गोपनीयता र व्यक्तिगत मर्यादा सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नयाँ व्यवस्था गरेको छ। 

मन्त्रालयले जारी गरेको ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ ले प्रसूति सेवाका क्रममा पर्दा लगाएर आमाको गोपनीयता कायम गर्ने व्यवस्थालाई प्राथमिकता दिएको छ। 

यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ बमोजिम सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले नयाँ निर्देशिका जारी गरेको हो।

नयाँ व्यवस्थाअनुसार प्रसूति सेवाका क्रममा आमाको व्यक्तिगत गोपनीयता र मर्यादाको सम्मान गर्दै आवश्यक पर्दा वा छेकबारको व्यवस्था गर्नुपर्नेछ। एउटै कक्षमा एकभन्दा बढी सुत्केरी राखिएको अवस्थामा पनि प्रत्येक आमाको गोपनीयता कायम हुने गरी सेवा प्रवाह गर्नुपर्ने अवधारणालाई निर्देशिकाले जोड दिएको छ।

प्रसूति सेवाका क्रममा आमाले सहज, सुरक्षित र सम्मानजनक वातावरणमा स्वास्थ्य सेवा पाउनुका साथै आफ्नो शारीरिक गोपनीयता कायम भएको महसुस गर्न सकून् भन्ने यसको उद्देश्य हो।

निर्देशिकाले प्रसवका क्रममा आमाले रोजेको परिवारको सदस्यलाई साथमा रहने व्यवस्था, जन्मिएपछि नवजात शिशुलाई आमासँगै राख्ने र सकेसम्म छिटो स्तनपान गराउने व्यवस्थालाई समेत प्राथमिकता दिएको छ। साथै, सुत्केरी आमा र नवजात शिशु घर फर्किएपछि पनि आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराउन स्वास्थ्य संस्थामा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था गरिएको छ।

नयाँ निर्देशिकामार्फत प्रसूति सेवामा आमाको गोपनीयता, सम्मान र सहजतालाई प्राथमिकता दिँदै मातृ तथा नवजात शिशुमैत्री स्वास्थ्य सेवा थप व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  १२ : ५६ बजे

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ