पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह « Khabarhub

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान र जलवायु–उत्थानशील पुनर्निर्माणमा नेपाललाई सघाउन  एसियाली विकास बैंकलाई आग्रह गरेका छन् ।

थाइल्याण्डको राजधानी बैंकमा जारी विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेका अर्थमन्त्री डा वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाबीचको भेटवार्ता सो आग्रह गरिएको हो ।

त्यसअवसरमा अर्थमन्त्री डा वाग्लेले विपद्पश्चात्को पुनरुत्थान, जलवायु–उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकता अगाडि बढाउनका लागि स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

भेटवार्तामा बाढीपछि उद्धारमा सहयोग गर्न आपतकालीन अनुदान छिटो स्वीकृति र ऐक्यबद्धता जाहेर गरिएकामा मन्त्री डा वाग्लेले एशियाली विकास बैंकप्रति नेपालको तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए ।

त्यस अवसरमा अध्यक्ष कान्दाले नेपालको विकासका लागि सहकार्य आफूको उच्च प्राथमिकतामा रहेको बताए । 

छलफलमा भ्रमण दलमा रहेका अर्थसचिव डा घनश्याम उपाध्याय र मन्त्रालयका सहसचिव अमृत लम्साल पनि सहभागी थिए।
 

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  १ : ३६ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात