विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम « Khabarhub

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना खुवाउने र अत्यधिक मूल्य असुल्ने गरिएको जनगुनासो बढेपछि गरिएको संयुक्त अनुगमनका क्रममा चितवन र मुग्लिन क्षेत्रका १७ वटा होटेल तथा रेस्टुरेन्टहरूको स्तरीकरण गरिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको संयुक्त टोलीले रामनगर, जुगेडी, दासढुङ्गा र मुग्लिन क्षेत्रका होटेलहरूमा स्थलगत निरीक्षण गरी स्वच्छता र गुणस्तरको आधारमा प्रतीक चिह्न (लोगो) र स्टिकर वितरण गरेको हो । 

सार्वजनिक सवारी साधनका यात्रुहरूलाई लक्षित गरी सञ्चालित राजमार्गका होटेलहरूमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना बिक्री गर्ने र उच्च मूल्य लिने गरिएको विषयमा तीव्र असन्तोष व्यक्त भएपछि पूर्वाधार विकास मन्त्रालयमा भएको बैठक र यातायात व्यवस्था विभागको असोज २७ गतेको सूचनाबमोजिम यो कदम चालिएको हो । 

सोही निर्णय कार्यान्वयन गर्दै अनुगमन टोलीले असोज २३ र २८ गते विभिन्न होटेल तथा रेस्टुरेन्टहरूको स्वच्छता र गुणस्तर मूल्यांकन गरेको थियो ।

निरीक्षण गरिएका कुल १७ वटा होटेल तथा रेस्टुरेन्टमध्ये इच्छाकामना-५ मुग्लिनमा रहेको ‘दाल भात पावर’ ले मात्र सबैभन्दा उच्च गुणस्तर कायम गर्दै अति ‘उत्तम’ अर्थात् तीन तारासहितको हरियो स्टिकर (ए श्रेणी) प्राप्त गरेको छ । त्यसैगरी, भरतपुर-१ रामनगरमा रहेको होटेल राइस प्यालेस थकाली भान्सा घर तथा लजु ले दुई तारासहितको हरियो स्टिकर पाएर ‘उत्तम’ (बी श्रेणी) स्थान हासिल गरेको छ ।

अनुगमनका क्रममा पाँचवटा होटेल तथा रेस्टुरेन्टहरूले सन्तोषजनक अर्थात् एक तारासहितको हरियो स्टिकर (सी श्रेणी) प्राप्त गरेका छन् । जसमा रामनगरस्थित थकाली किचन एण्ड तन्दुरी खाजा घर र थकाली भान्सा तथा खाजा घर, जुगेडीस्थित श्रीनगर होटल तथा रेस्टुरेन्ट र पोखरेली थकाली भान्सा घर एण्ड मनकामना लज तथा दासढुङ्गास्थित द फुड स्टेशन रहेका छन् ।

यसैगरी, अनुगमन गरिएकामध्ये बाँकी १० वटा होटेल तथा रेस्टुरेन्टहरू सामान्य अर्थात् पहेंलो स्टिकर (डी श्रेणी) मा वर्गीकरण भएका छन् । पहेंलो स्टिकर पाउनेहरूमा रामनगर क्षेत्रका थकाली खाना तथा खाजा घर, सिद्धबाबा होटल, होटेल सोल्टी, न्यू शिवशक्ति होटल, न्यू सुष्मा होटल र न्यू पूजा होटल तथा रेस्टुरेन्ट रहेका छन् । 

यसैगरी जुगेडीको योज्न थकाली होटल, दासढुङ्गाका मिलन रेस्टुरेन्ट एण्ड बार र इन्द्रधणी चुलो तथा मुग्लिनको होटल वैष्णव पनि सामान्य श्रेणीमा परेका छन् । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई होटेलमा प्रवेश गर्नुअघि टाँसिएका यस्ता स्टिकर र लोगो हेरेर मात्र गुणस्तरीय सेवा लिन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  २ : ५४ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग