कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने « Khabarhub

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतगणनाको सम्पूर्ण परिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने भएको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बिहीबार रातिसम्म सबै पदको मतपरिणाम सार्वजनिक भइसक्ने जानकारी दिएका छन् । उनका अनुसार सभापति, उपसभापति, महामन्त्री, दलित सहमहामन्त्री, खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र मुस्लिम सहमहामन्त्रीलगायत पदको नतिजा आइसकेको छ ।

नेपाल जनसम्पर्क समिति तथा विभिन्न पेसागत समूहको मतगणना पनि सम्पन्न भइसकेको कटुवालले बताए । उनले अघिल्लो महाधिवेशनको तुलनामा यसपटक मतगणना प्रक्रिया निकै छिटो भएको उल्लेख गरे ।

महाधिवेशनबाट सभापतिमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका छन् । खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।

त्यस्तै, खुला महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणा तथा महिला महामन्त्रीमा डिला संग्रौला निर्वाचित भइसकेका छन् ।

विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणामसमेत सार्वजनिक भइसकेको छ । केही क्लस्टरका महामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ३ : ४७ बजे

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग