जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड « Khabarhub

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि नेपालले जलवायु वित्तमा अनुदान, प्रत्यक्ष पहुँच र क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा विश्वव्यापी जलवायु परिवर्तनले नेपालमा पारेको गम्भीर असर र आगामी जलवायु सम्मेलनलगायत अन्तर्राष्ट्रिय कूटनीतिक पहलका विषयमा भएको छलफलमा जलवायु न्यायका लागि नेपालको कूटनीतिक प्राथमिकता निर्धारण गर्नुपर्ने विषय उठाइएको हो ।

छलफलमा जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि बाढी, पहिरो र अन्य चरम मौसमी घटनाबाट ठूलो मानवीय तथा आर्थिक क्षति बेहोर्नुपरेको उल्लेख गर्दै जलवायु परिवर्तनका लागि बढी जिम्मेवार पक्षले आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिइएको थियो ।

जलवायु परिवर्तन अनुकूलन तथा विपद्पछिको पुनःस्थापनाका लागि प्राप्त हुने वित्तीय सहायता ऋण नभई अनुदानका रूपमा उपलब्ध गराउनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । ऋणमा आधारित सहायताले सार्वजनिक ऋणको भार बढाउन सक्ने भएकाले प्रभावित देशलाई अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिइएको हो ।

त्यस्तै, नेपालले मान्यता दिएका राष्ट्रिय संस्थामार्फत जलवायु वित्तमा प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्ने र प्राप्त स्रोत प्रभावित समुदायको संरक्षण तथा पुनःस्थापनामा परिचालन गर्नुपर्ने विषय पनि छलफलमा उठाइएको थियो ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. चिरञ्जीवीप्रसाद पोखरेलले प्रकृतिमा आधारित पर्यटन विकासमा जोड दिइएको बताउनुभयो । उहाँले स्थानीय सरकारसँगको सहकार्यमा संरक्षणका गतिविधि सञ्चालन भइरहेको जानकारी दिए ।

कोषका कार्यकारी निर्देशक तथा जलवायु परिवर्तन विभागका प्रमुख डा. मनिषराज पाण्डेले जलवायु वित्तमा पहुँच विस्तार गर्न कोषले सहयोग पुर्‍याएको बताए। नेपालमा जलवायुजन्य विपद्का घटना बढ्दै गएकाले पूर्वतयारीमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले विपद्पछिको पुनर्निर्माणलाई जलवायुमैत्री बनाउन, पूर्वसूचना प्रणालीमा लगानी बढाउन र जोखिममा रहेका हिमतालको व्यवस्थापन गर्न आवश्यक रहेको बताए।

हिमाली क्षेत्रमा हिमताल विस्फोट, नदीमा बाढी तथा अन्य जलवायुजन्य जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथ्याङ्क आदानप्रदान र पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुपर्ने विषय पनि छलफलमा उठाइएको थियो । हिमाली क्षेत्रमा उत्पन्न हुने जोखिमले सीमापार प्रभाव पार्न सक्ने भएकाले सम्बन्धित देशबीच सहकार्य आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।

जलवायुजन्य विपद्बाट भएको क्षति तथा नोक्सानी सम्बोधन गर्न आवश्यक वित्तीय सहयोग सुनिश्चित गर्नुका साथै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक पैरवी प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ३ : ४९ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा