ग्रिन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान « Khabarhub

ग्रिन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले ग्रिन युरिया प्लान्ट स्थापनाका लागि अवधारणा, विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको छ ।

सरकारको लक्ष्य वार्षिक करिब पाँच लाख मेट्रिकटन क्षमताको प्लान्ट स्थापना गर्नु रहेको मन्त्री चौधरीले बताएकी छन् । उनका अनुसार भविष्यमा आवश्यकताअनुसार यसको उत्पादन क्षमता थप विस्तार गर्न सकिनेछ ।

व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग अवधारणा र कार्यविधिसम्बन्धी विस्तृत प्रस्ताव आह्वान गरेको छ ।

प्राप्त प्रस्तावहरूको मूल्यांकनबाट उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता र आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुनेछ । इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइटबाट अवधारणा तथा कार्यवधिसम्बन्धी विस्तृत विवरण प्राप्त गर्न सक्नेछन् ।

आवेदकले आफ्नो प्रस्ताव आगामी मङ्सिर १३ गते साँझ ५ः०० बजेसम्म मन्त्रालयमा भौतिक रूपमा बुझाउन वा [email protected]  इमेलमार्फत पठाउन सक्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ४ : २० बजे

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का

बाढी प्रभावितलाई चार लाख बढी सहयोग

काठमाडौँ– राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग

४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं– नेपालमा विदेशी विनिमय सञ्चिति ४० खर्ब रुपैयाँ नाघेको छ

५०० करोड कमाउने ‘दृश्यम’को यात्रा तेस्रो भागमै टुंगिने, किन चाहँदैनन् निर्देशक चौथो सिक्वेल?

काठमाडौं– बलिउड अभिनेता अजय देवगन अभिनीत ‘दृश्यम ३: द कन्क्लुजन’ले

दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स

काठमाडौँ– चालु आर्थिक वर्षको दुई महिनामा नेपालमा झण्डै ४ खर्ब