अमेरिकी मध्यावधि चुनावबाट ट्रम्प थप बलियो बन्ने मिलेईको आशा « Khabarhub

अमेरिकी मध्यावधि चुनावबाट ट्रम्प थप बलियो बन्ने मिलेईको आशा


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि चुनावबाट राष्ट्रपति डोनाल्ड ट्रम्प थप बलियो बनेर उदाउने आशा व्यक्त गरेका छन् ।

ट्रम्पको चुनावी सफलता अमेरिका मात्र नभई समग्र पश्चिमी जगत्का लागि महत्त्वपूर्ण हुने मिलेईको भनाइ छ ।

बुधबार आयोजित ‘हिस्पानिक हेरिटेज गाला’मा सम्बोधन गर्दै उनले आफ्नो पक्षले पश्चिमी गोलार्धमा पुनः विजय हासिल गर्ने अवसर गुमाउन नहुने बताए ।

‘जित्नु पहिलो चरण मात्र हो । अब हामीसँग अमेरिकालाई फेरि महान् बनाउने जनादेश छ,’ उनले भने ।

मिलेई बुधबार अमेरिकी राजधानी वासिङ्टन पुगेका हुन् । उनले त्यहाँ लगानीकर्ताहरूसँग भेटघाट गरेका छन् भने बिहीबार अमेरिकी वाणिज्य सङ्घमा सम्बोधन गर्ने कार्यक्रम छ ।

ल्याटिन अमेरिकामा मिलेई ट्रम्पका निकट सहयोगीमध्ये एक मानिन्छन् । एक वर्षअघि अर्जेन्टिनामा भएको महत्त्वपूर्ण विधायी निर्वाचनका क्रममा ट्रम्पले मिलेईलाई दृढ समर्थन गरेका थिए ।

ट्रम्पको समर्थन र अमेरिकी अर्थ मन्त्रालयसँग भएको मुद्रा विनिमय सम्झौताले उक्त निर्वाचनमा मिलेईको सफलतामा योगदान पुर्‍याएको थियो ।

पछिल्ला वर्षमा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रमा दक्षिणपन्थी राजनीतिक धार बलियो बन्दै गएको छ । ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि यस प्रवृत्तिले थप गति लिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ४ : ३६ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत