सत्तापक्षका सांसदले हालेका संशोधन अस्वीकृत भए सदनमै छलफल गरेर सुधार्नु पर्छ : खुस्बु ओली « Khabarhub

सत्तापक्षका सांसदले हालेका संशोधन अस्वीकृत भए सदनमै छलफल गरेर सुधार्नु पर्छ : खुस्बु ओली


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन् ।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलमा ओलीले पुरानो कानूनमा काम गर्नुपर्दा नीतिगत अड्चनहरू देखा परेको र कानून निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी हुन् ।

उनले कानून निर्माणको प्रक्रियामा प्रतिपक्षले हालेका संशोधनहरू खारेज हुने संसदीय अभ्यास रहे पनि सत्तापक्षका सांसदहरूले हालेका संशोधनहरू पनि अस्वीकृत भएको अवस्थामा, सदनमा छलफल गरी सत्तापक्षसँगको सहकार्यमा त्यसलाई सुधार गर्नुपर्नेमा जोड दिइन् ।

सदनमा बहस र छलफल गरेर सत्तापक्ष र प्रतिपक्ष मिलेर कानून निर्माणको प्रक्रियालाई अझ परिमार्जित बनाउनुपर्ने उनको भनाइ छ । 

उनले कानून निर्माणका लागि हुने छलफलको समय बढाउनुपर्ने धारणा राखिन् । सामान्यतया २–३ मिनेटमा हतारहतार विषय टुङ्ग्याउने वा एकै दिनमा ४–५ वटा विधेयकहरूमा सतही छलफल गर्ने परिपाटीले पर्याप्त बहस हुन नसक्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ४ : ५१ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा