पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान प्रक्रिया अघि बढ्यो « Khabarhub

पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली जडान प्रक्रिया अघि बढ्यो


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आवश्यक पर्ने आधुनिक हवाई मार्गनिर्देशन प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनुमति आवश्यक पर्ने विशेष कार्यसम्पादनमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रक्रिया (आरएनपी–एआर) लागू गर्न आवश्यक प्राविधिक अध्ययन अघि बढाएको छ। 

प्राधिकरणका अनुसार यससम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ। हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेडियो सङ्केतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ। विमानस्थलको भौगोलिक अवस्थिति, आसपासका पहाडी भू–बनोट तथा प्राविधिक र सञ्चालनसम्बन्धी सीमितताका कारण प्रतिकूल मौसम र कम दृश्यता भएका बेला हवाई उडान सञ्चालनमा चुनौती उत्पन्न हुने गरेको छ। 

यस समस्यालाई सम्बोधन गर्न प्राधिकरणले उपग्रहमा आधारित हवाई मार्गनिर्देशन तथा अवतरण प्रणालीको विकास र कार्यान्वयनलाई प्राथमिकता दिएको छ। सोही क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू गर्ने सम्बन्धमा प्रारम्भिक अध्ययन सम्पन्न गरिएको हो। 

उक्त प्रणाली कार्यान्वयनमा ल्याउन विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन तथा प्रचलित नियामकीय मापदण्डअनुसार आवश्यक स्वीकृति प्राप्त गर्नुपर्नेछ। यी प्रक्रिया पूरा भएपछि कम दृश्यता भएका अवस्थामा समेत हवाई उडान सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ। 

यस प्रणालीको कार्यान्वयनबाट प्रतिकूल मौसमका कारण उडानलाई अन्य विमानस्थलमा मोड्नुपर्ने, अवतरण प्रक्रिया पूरा गर्न नसकी पुनः प्रयास गर्नुपर्ने तथा उडान रद्द गर्नुपर्ने अवस्थाहरूमा कमी आउने अपेक्षा गरिएको छ। यसले यात्रुलाई थप नियमित, भरपर्दो र सुरक्षित हवाई सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस) ले पोखराको हवाई सेवालाई थप सुरक्षित, नियमित र विश्वसनीय बनाउने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताए । 

मन्त्री पौडेलले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर अवतरण प्रक्रिया कार्यान्वयनको प्रक्रिया अघि बढेको छ। यसबाट प्रतिकूल मौसम र कम दृश्यतामा कारण हुने उडान अवरोध, अन्य विमानस्थलमा मोड्नुपर्ने अवस्था तथा उडान रद्द हुने समस्या घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।’

 उनका अनुसार पोखराको हवाई सेवालाई थप सुरक्षित, नियमित र विश्वसनीय बनाउने दिशामा यो महत्त्वपूर्ण कदम हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले आधुनिक प्रविधिमा आधारित हवाई मार्गनिर्देशन प्रणालीको विकास तथा कार्यान्वयनमार्फत हवाई यातायातलाई सुरक्षित, नियमित, प्रभावकारी र विश्वसनीय बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ४ : ५४ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा