लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली « Khabarhub

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक र अपराधिक तरिकाले सत्ता परिवर्तन गराउने प्रवृत्तिको अनुसन्धान हुनुपर्नेमा जोड दिएका छन् । 

बिहीबार पार्टी कार्यालय च्यासलमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजानीकीकरण कार्यक्रममा अध्यक्ष ओलीले अलोकतान्त्रिक, असामाजिक र आपराधिक तरिकाले सत्ता परिवर्तन गराउने र आफ्ना पपेट गभर्मेन्टहरू स्थापना गर्ने प्रवृत्तिविरुद्ध अनुसन्धान हुनुपर्ने बताएका हुन् । लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उनले बताए ।

सरकारमा रहनेहरू जनताप्रति जिम्मेवार हुनुपर्ने भन्दै ओलीले एमाले नेतृत्वको सरकारले अशक्तता भएका, शारीरिक रूपमा अपाङ्गता भएका, असहाय, बेसहारा र ज्येष्ठ नागरिकहरूको व्यवस्थापनमा विशेष ध्यान दिएको उल्लेख गरे ।

’समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य प्राप्त गर्नका लागि पहिले जनताको दुःख निवारण गर्नुपर्ने उनको भनाइ छ ।  

अध्यक्ष ओलीले जनताको दुःख निवारणका लागि आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्ने बताए । 

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ५ : ४० बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा