कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै « Khabarhub

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन्। ४ हजार ६ सय मत गणना हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ४७६ मत पाएका छन्।

आचार्य र केसीबीच १८१ मतको अन्तर रहेको छ। मतगणनाको पछिल्लो विवरणअनुसार आचार्यले केसीलाई पछि पार्दै अग्रता कायम गरेका हुन्। सहमहामन्त्री पदमा एक जना मात्रै निर्वाचित हुने भएकाले आचार्य र केसीबीचको प्रतिस्पर्धा मुख्य देखिएको छ।

खस आर्यतर्फ सहमहामन्त्री पदका अर्का उम्मेदवार दिनेश कोइरालाले ८८८ मत प्राप्त गरेका छन्। त्यस्तै, शुभराम बस्नेतले ३१६ मत पाएका छन्।

४ हजार ६ सय मत गणना हुँदा आचार्यले सबैभन्दा बढी मत प्राप्त गरेका छन्। केसी दोस्रो, कोइराला तेस्रो र बस्नेत चौथो स्थानमा छन्।
प्राप्त मत विवरणअनुसार चार उम्मेदवारले कुल ४ हजार ३३७ मत पाएका छन्। बाँकी मतको विवरण भने सार्वजनिक गरिएको छैन।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ। खस आर्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएपछि मात्रै निर्वाचित उम्मेदवारको टुंगो लाग्नेछ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ६ : ११ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न