राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने « Khabarhub

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा रेस्टुरेन्टमा अस्वस्थकर खाना खुवाइएको र अत्यधिक मूल्य लिएको पाइएमा सवारी चालक तथा सञ्चालक दुवैलाई कडा कारबाही हुने भएको छ। 

यातायात व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै राजमार्गमा यात्रा गर्ने यात्रुहरूका लागि बासी, झिँगा भन्केका, न्यून गुणस्तरका खाना उपलब्ध गराउने तथा चर्को मूल्य असुल्ने गरिएको व्यापक जनगुनासो आएपछि यस्तो कडाइ गरिएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायहरूको बैठक बसी यस्तो निर्णय गरिएको हो।   

विभागका अनुसार अब सार्वजनिक सवारी साधनका चालकले सफा, स्वच्छ र गुणस्तरीय खाना पाइने होटल तथा रेस्टुरेन्टलाई मात्र प्राथमिकता दिएर गाडी रोक्नुपर्नेछ। सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘खाद्य स्वच्छताको स्टिकर’ टाँसिएका होटलमा मात्रै सवारी रोक्न निर्देशन दिइएको छ।   

अस्वस्थकर खानाका कारण यात्रु बिरामी परेको पाइएमा सम्बन्धित सवारी चालक र होटल/रेस्टुरेन्ट सञ्चालक दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।   

यस्तै, यात्राका क्रममा होटल तथा रेस्टुरेन्टमा गुणस्तरहीन खाना, सरसफाइको कमी वा मूल्यमा ठगी भएको पाइएमा यात्रुहरूले नेपाल प्रहरीको हेल्पलाइन नम्बर १०० मा तत्काल फोन गरी जानकारी गराउन सक्नेछन्। 

यसका साथै नजिकैको जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र त्यस अन्तर्गतका कार्यालयहरूमा समेत सम्पर्क गरी उजुरी गर्न विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ६ : ०२ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न