स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला « Khabarhub

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेको छ । पार्टीले सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनमा नेतृत्व लिन इच्छुक योग्य नागरिकहरूलाई आवेदन दिन आह्वान गरेको हो ।

पार्टीका अनुसार यस अन्तर्गत इच्छुक व्यक्तिहरूले नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्य पदका लागि उम्मेदवारी दिनका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय तहमा सक्षम, योग्य र पारदर्शी नेतृत्व स्थापित गर्ने उद्देश्यसहित पार्टीले यो कदम चालेको पार्टीले जनाएको छ । यसले स्थानीय निर्वाचनमा सहभागी हुन चाहने नयाँ तथा उत्साही नेतृत्वलाई औपचारिक माध्यमबाट अगाडि आउन अवसर प्रदान गर्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ७ : ३३ बजे

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा