राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता « Khabarhub

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता


२९ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी राजनीतिज्ञ गादी आइसेनकोटले बिहीबार आगामी निर्वाचनमा बहुमत प्राप्त गरी सत्तामा आएमा आफूले गाजामा हमासको शासन अन्त्य गर्ने बताएका छन्।

“आज म सार्वजनिक प्रतिबद्धता गर्छुस म प्रधानमन्त्रीको कार्यालयमा प्रवेश गरेको क्षणदेखि १८ महिनाभित्र हमासले गाजा पट्टीमा शासन गर्ने छैन,” केन्द्र–दक्षिणपन्थी याशर पार्टीका नेता आइसेनकोटले युद्धग्रस्त प्यालेस्टिनी क्षेत्र नजिकै गरिएको एक पत्रकार सम्मेलनमा भने।

उनले यो लक्ष्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम योजना कार्यान्वयन गरेर हासिल गर्ने बताए। योजनामा हमासको क्रमिक निशस्त्रीकरण र सत्ता हस्तान्तरणको व्यवस्था गरिएको छ । उनले इजरायली सेनाद्वारा प्यालेस्टिनी आन्दोलनको सैन्य शाखालाई नष्ट गर्ने ‘रचनात्मक अभियान’ मार्फत पनि यो गर्न सकिने उल्लेख गरे।

गाजाको प्रशासन नवगठित प्राविधिक प्यालेस्टिनी समिति ‘गाजा प्रशासनका लागि राष्ट्रिय समिति (एनसीएजी)’ लाई हस्तान्तरण गर्न सहज होस् भनी हमासले जुलाईमा आफ्नो शासन निकाय भङ्ग गर्ने घोषणा गरेको थियो ।

हाल कायरोमा रहेको एनसीएजी गत अक्टोबरमा युद्धविराम घोषणापछि गठन भएको थियो र यसको निरीक्षण ट्रम्पको ‘बोर्ड अफ पिस’ ले गर्छ। जुलाईको अन्त्यतिर हमासले आफ्ना हतियार एनसीएजीलाई बुझाउने सम्झौतामा सहमत भएको घोषणा गरेको थियो तर इजरायल संशयमा छ । नेतान्याहुले सेना फिर्ता लैजानुअघि सबै हतियारको प्रमाणित निशस्त्रीकरणको माग गर्दै आएका छन्।

हमासले निशस्त्रीकरण अगाडि बढाएको छैन, इजरायलले सेना फिर्ता सुरु गरेर जवाफ दिएको छैन र एनसीएजी क्षेत्रभित्र सञ्चालनमा छैन।

युद्धविरामका सर्तअनुसार इजरायली सेनालाई गाजाको ५३ प्रतिशत भागमा रहन अनुमति दिइएको थियो तर आधिकारिक विवरणअनुसार एक वर्षपछि उनीहरूले लगभग ७० प्रतिशत नियन्त्रण गरेका छन् ।

रणनीतिक असफलता

आइसेनकोटको बिहीबारको चुनावी प्रतिबद्धता ६६ वर्षीय पूर्व सैन्य प्रमुखबाट आएका सबैभन्दा बलियो प्रतिज्ञाहरूमध्ये एक हो।

यो कडा प्रतिस्पर्धात्मक निर्वाचन हमासको सन् २०२३ अक्टोबर ७ को इजरायलमाथिको आक्रमणपछिको पहिलो निर्वाचन हुनेछ। उक्त आक्रमणमा एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

आक्रमणको जवाफमा इजरायलले गाजामा व्यापक सैन्य अभियान सुरु गर्‍यो जसमा ७४ हजार ३०० भन्दा बढी मानिस मारिएका छन्। यो तथ्याङ्क गाजाको स्वास्थ्य मन्त्रालयले दिएको हो जुन हमासअन्तर्गत सञ्चालित छ र संयुक्त राष्ट्रसङ्घले सामान्यतया विश्वसनीय मानेको छ।

आइसेनकोटले बिहीबार नेतान्याहुलाई गाजामा ‘रणनीतिक असफलता’ को आरोप लगाए। उनले भने, “तीन वर्षको युद्धपछि पनि ‘हमास अझै सार्वभौम छ । सशस्त्र छ । आफूलाई सशस्त्र बनाइरहेको छ र सैन्य रूपमा सक्रिय छ।”

उहाँले अक्टोबर ७ अगाडि सुरक्षा कमजोरीका लागि जिम्मेवार व्यक्तिहरू पहिचान गर्न राष्ट्रिय आयोग गठन गर्ने प्रतिबद्धता पनि दोहो¥याउनुभयो । सरकारले अहिलेसम्म यसलाई अस्वीकार गर्दै आएको छ।

“अर्को विपत्ति रोक्ने उपाय छ,” उनले भने। अन्य विपक्षी राजनीतिज्ञहरूझैँ आइसेनकोटले पनि नियमित रूपमा नेतान्याहुलाई अक्टोबर ७ को आक्रमणको व्यक्तिगत जिम्मेवारीको आरोप लगाउँछन् । मिडिया रिपोर्टअनुसार उहाँमाथि विशेष गरी सुरक्षा सेवा र संयुक्त अरब एमिरेट्सका चेतावनीहरू बेवास्ता गरेको आरोप लगाइन्छ।

नेतान्याहुले यी आरोपहरू स्पष्ट रूपमा अस्वीकार गर्नुभएको छ र आक्रमणको बिहान सुरक्षा अधिकारीहरूले उनलाई नउठाइएको दाबी गर्छन्। हालका सर्वेक्षणअनुसार न त नेतान्याहुको गुट न त आइसेनकोट नेतृत्वको गुटले १२० सिट भएको संसदमा सरकार गठन गर्न आवश्यक ६१ सिट जित्ने अवस्थामा छ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहीबार  ८ : १३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल