महिला गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा « Khabarhub

महिला गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – भारतको अक्वा एफसी झारखण्डलाई ७–० गोलअन्तरले पराजित गर्दै विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लब प्रथम धरान अन्तरराष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि २२औँ मिनेटपछि अक्वाका खेलाडीबाट आत्मघाती गोल भएपछि एपिएफले अग्रता दोब्बर बनायो । खेलको २९औँ मिनेटमा रश्मिकुमारी घिसिङले गोल थपेपछि पहिलो हाफमा एपिएफले ३–० को अग्रता बनाएको थियो ।

दोस्रो हाफको १३औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गरेका थिए । त्यसको चार मिनेटपछि हेडमार्फत गोल गर्दै उहाँले ह्याट्रिक पूरा गरे । खेलको ७८औँ मिनेटमा पूर्णिमाले व्यक्तिगत थप एक गोल गरेका थिए । खेल सकिन एक मिनेट बाँकी रहँदा रश्मिकुमारीले व्यक्तिगत दोस्रो गोल थपेपछि एपिएफ ७–० गोलअन्तरले विजयी भएको हो ।

खेलको ‘म्यान अफ दी म्याच’ एपिएफकी पूर्णिमा राई घोषित हुनुभयो । उहाँलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।

प्रतियोगिताअन्तर्गत आज (आइतबार) आयोजक स्वर्णिम फुटबल क्लब धरान र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुनेछ । डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ६ : ३२ बजे

महिला गोल्डकपः अक्वा एफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

सुनसरी – भारतको अक्वा एफसी झारखण्डलाई ७–० गोलअन्तरले पराजित गर्दै

छठको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै, के छ व्रतविधि ?

काठमाडौँ – छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई

आज २०८३ साल कात्तिक २९ गते आइतबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २९ गते आइतबार सन् २०२६

एनपिएल प्लेअफ समीकरण पूरा : सनसनीपूर्ण जित निकाल्दै लुम्बिनी शीर्ष स्थानमा, विराटनगर बाहिरियो

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी

पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको