तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो « Khabarhub

तमोर कोरिडोरले राँके बजारको व्यापार घटायो


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– तमोर कोरिडोर सडकबाट ताप्लेजुङ जाने यात्रुको सङ्ख्या बढेपछि मेची राजमार्गस्थित पाँचथर-इलाम सीमावर्ती राँके बजारको व्यापार घटेको छ ।

मेची राजमार्गमा यात्रा गर्ने यात्रु तथा पाथीभरा दर्शनका लागि जाने तीर्थयात्री राँके बजारका मुख्य ग्राहक हुन् । तर धरानबाट धनकुटाको भेडेटार हुँदै तमोर कोरिडोरबाट ताप्लेजुङ पुग्ने यात्रुको सङ्ख्या बढेपछि बजारमा ग्राहक घटेका हुन् ।

स्थानीय व्यवसायी सुमन पौडेलका अनुसार पछिल्ला तीन वर्षदेखि राँके बजारमा ग्राहकको सङ्ख्या निरन्तर घटिरहेको छ । उनले विगतको तुलनामा व्यापार करिब ६० प्रतिशतले घटेको बताए  ।

अर्की व्यवसायी निशा श्रेष्ठले पनि कोरोना महामारीपछि व्यापारले पुरानै गति लिन नसकेको बताइन् । राँके बजार व्यवस्थापन समितिका अध्यक्ष श्री विष्टले सडकको पहुँच विस्तारसँगै महँगी र यस वर्ष दसैँमा पाथीभरा दर्शनार्थीको सङ्ख्या घट्नुले पनि व्यापार प्रभावित भएको बताए ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिका तथा इलामका देउमाइ नगरपालिका र फाकफोकथुम गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि तथा स्थानीय सामग्री राँके बजारमा बिक्रीका लागि ल्याउने गरेका छन् । 

अकबरे खुर्सानी र यसको अचार, तरकारी, आलु, फलफूल, छुर्पी, घिउ, चिया तथा जडीबुटी यहाँका प्रमुख स्थानीय उत्पादन हुन् ।

राजमार्गमा आधारित व्यापार घटे पनि यहाँका स्थानीय उत्पादन तराई, काठमाडौँ र भारतका बजारसम्म पुग्ने गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष विष्टले बताए ।
 

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ११ : ३३ बजे

छठ पूजामा सहभागी भए सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता

एपीईसी सीईओ सम्मेलनमा १२ अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने

बेइजिङ- एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) का १२ सदस्य अर्थतन्त्रका शीर्ष

आईजीपी हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा

कोप–३१ मा सहभागी भई अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

काठमाडौँ– टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको