इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो, १८ घाइते « Khabarhub

इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो, १८ घाइते


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् ।

अर्धसरकारी समाचार संस्था फार्सका अनुसार शनिबार स्थानीय समयअनुसार साँझ ७ः२५ बजे देहलोरान जिल्लाको दश्त–ए अब्बासबाट अब्दानान जिल्लाको मुर्मुरीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बसमा देहलोरानस्थित एक पेट्रोलियम प्रशोधन कम्पनीका कर्मचारी सवार थिए ।

इलाम चिकित्सा विज्ञान विश्वविद्यालयको आपत्कालीन चिकित्सा सेवा विभागका प्रमुख मेहदी शाबानीका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार टोली, १० वटा एम्बुलेन्स र एउटा एम्बुलेन्स बस घटनास्थलमा परिचालन गरिएको थियो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि इलाम तथा छिमेकी खुजेस्तान प्रान्तका अस्पतालमा लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन् ।

दुर्घटनाको कारणबारे सम्बन्धित सरकारी निकायले अनुसन्धान गरिरहेको र विस्तृत विवरण पछि सार्वजनिक गरिने फार्सले जनाएको छ । रासस
 

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  १२ : १२ बजे

छठ पूजामा सहभागी भए सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल छठ पर्वको अवसरमा वीरगञ्जस्थित ऐतिहासिक

काठमाडौँ महानगरद्वारा ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो (श्रव्यदृश्य) प्रतियोगिता

एपीईसी सीईओ सम्मेलनमा १२ अर्थतन्त्रका शीर्ष नेताहरू सहभागी हुने

बेइजिङ- एसिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) का १२ सदस्य अर्थतन्त्रका शीर्ष

आईजीपी हटाउने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा

कोप–३१ मा सहभागी भई अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता

काठमाडौँ– टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको