काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे तीन किलो थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले भारतको उत्तर प्रदेशका २२ वर्षीय सलमानलाई शनिबार पक्राउ गरेको हो ।
हवाई मार्ग हुँदै नेपाल प्रवेश गर्ने शङ्कास्पद यात्रुमाथि निगरानी गर्ने क्रममा दिल्लीबाट नेपाल आएका सलमानलाई विमानस्थलमा शङ्का लागेर जाँच गरिएको थियो ।
सो क्रममा उनले साथमा ल्याएको झोलाभित्र प्लास्टिकको प्याकेटमा लुकाएर राखेको तीन किलो पाँच सय ग्राम थाई गाँजा बरामद भएको ब्युरोले जनाएको छ ।
प्रहरीले उनको साथबाट एक थान राहदानी र एक थान मोबाइल फोनसमेत बरामद गरेको छ ।
पक्राउ परेका सलमानमाथि लागूऔषध कारोबारसम्बन्धी थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।














प्रतिक्रिया