काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको बताएका छन् ।
आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जानेक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दे महामन्त्री आचार्यले पार्टी वा सरकारले गरेका कामकारबाहीप्रति चित्त नबुझे फरक मत राख्दै प्रश्न उठाउनु विरोध नभएको बताए ।
उनले पार्टी वा सरकारले गलत लय लिएको अवस्थामा पार्टीका सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै प्रश्न उठाउँदैमा त्यसलाई विरोधका रूपमा बुझ्न नहुने स्पष्ट पारे ।
उनले रास्वपा सुशासनको मुद्दालाई मुख्य आधार बनाएर उदय भएको पार्टी भएकाले सुशासनका बहुआयामिक पक्षमा कुनै सम्झौता नगर्ने बताए ।
महामन्त्री आचार्यले राज्यको संरचना कुनै पनि व्यक्तिभन्दा ठूलो हुने उल्लेख गर्दै सुशासनका विषयमा पार्टी सधैँ सरकारको साथमा रहने बताए ।














प्रतिक्रिया