काठमाडौं– छठ पर्वको अवसरमा काठमाडौंको गौरीघाट झिलिमिली बत्तीले झकिझकाउ बनेको छ।
छठ पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। पूजाका सामग्रीसहित नदी किनारमा पुगेका व्रतालुहरूले सूर्यको उपासना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।
छठ पर्वका अवसरमा गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएसँगै भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुनेछ।














प्रतिक्रिया