काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा अहिले पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा पोखाले विष्फोटक ब्याटिङ गरिरहेको छ ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको पोखराको २ सय रन पूरा भएको छ । खेलको १७ ओभर ५ बलमा पोखराका कुशल भुर्तेलले चौका प्रहार गर्दै पोखराको २ सय रन पूरा गरेका हुन् ।
हालसम्म पोखराले एकमात्र विकेट गुमाएको छ । खेलको २ ओभर २ बलमा अर्जुन कुमाल ६ बलमा ५ रन बनाएर आउट भएयता पोखराले कुनै विकेट गुमाएको छैन । कप्तान कुशल भुर्तेल र युवराज साम्राको जोडीले हालसम्म १८५ रनको साझेदारी गरेको छ ।
लिगमा काठमाडौं यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ भने पोखरा लिग चरणबाटै बाहिरिएको छ ।














प्रतिक्रिया