काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको अन्तिम खेलमा अहिले पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पोखराले काठमाडौंलाई विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले काठमाडौंलाई २२५ रनको लक्ष्य दिएको हो । पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनायो ।
पोखराका लागि कप्तान कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गर्दै ९९ रन बनाए । शतक बनाउन १ रनले चुकेका उनले ५१ बलको सामना गर्दै ८ चौका र ८ छक्का प्रहार गरे ।
त्यस्तै, पोखराका युवराज साम्राले ५५ बलमा ८९ रन बनाए । बलिङतर्फ करण केसीले २ तथा जहान्द खानले १ विकेट लिए ।
लिगमा काठमाडौं यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ भने पोखरा लिग चरणबाटै बाहिरिसकेको छ ।














प्रतिक्रिया