काठमाडौंलाई पोखराले दियो विशाल लक्ष्य, शतक बनाउन १ रनले चुके कुशल « Khabarhub

काठमाडौंलाई पोखराले दियो विशाल लक्ष्य, शतक बनाउन १ रनले चुके कुशल


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको अन्तिम खेलमा अहिले पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा पोखराले काठमाडौंलाई विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले काठमाडौंलाई २२५ रनको लक्ष्य दिएको हो । पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रन बनायो ।

पोखराका लागि कप्तान कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गर्दै ९९ रन बनाए । शतक बनाउन १ रनले चुकेका उनले ५१ बलको सामना गर्दै ८ चौका र ८ छक्का प्रहार गरे ।

त्यस्तै, पोखराका युवराज साम्राले ५५ बलमा ८९ रन बनाए । बलिङतर्फ करण केसीले २ तथा जहान्द खानले १ विकेट लिए ।

लिगमा काठमाडौं यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ भने पोखरा लिग चरणबाटै बाहिरिसकेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ६ : ४६ बजे

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन – गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ