२२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ « Khabarhub

२२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले साढेपाँच किलो सेतो हेरोइनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले साढेपाँच किलो सेतो हेरोइनसहित अन्तरराष्ट्रिय लागूऔषध गिरोहका मुख्य व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोको टोलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल गौचरबाट लागूऔषध ओसारपसारमा सङ्लग्न थाइल्याण्डबाट नेपाल आएका भारत महाराष्ट्रका ५२ वर्षीय रेवराज तिघारेलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुवासचन्द्र बोहोराले पक्राउ परेका तिघारे लागुऔषध कारोबारको अन्तरराष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए ।

उनका अनुसार प्रहरीले जाँचका क्रममा निजले साथमा ल्याएको लगेजभित्र बिरालोको खानाको प्याकेटमा लुकाएर राखिएको उक्त मात्राको सेतो हेरोइन बरामद गरेको हो ।

बरामद गरिएको हेरोइनको नेपाली बजार मूल्य प्रतिग्राम रु ४० हजारका दरले करिब रु २२ करोड पर्ने ब्यूरोले जनाएको छ । उक्त हेरोइन भारत पुर्‍याएपछि त्यहाँको बजारमा अझै महँगो मूल्यमा बिक्री हुने गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक बोहोराले बताए ।

पक्राउ परेका तिघारे यसअघि पनि लाओस हुँदै नेपाल दुई पटक आएका र नेपालबाट भारतसम्म लागुऔषध पुर्‍याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । प्रहरीले पक्राउ परेका व्यक्तिको साथबाट मेकानिकल इञ्जिनियरिङको प्रमाणपत्रसमेत बरामद गरेको छ । 

तिघारेलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । उक्त ऐनअनुसार बरामद लागुऔषधको परिमाण र कसुरको प्रकृतिका आधारमा १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र रु पाँच लाखदेखि रु २५ लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको ब्यूरोले जनाएको छ । 
 

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ६ : ५७ बजे

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन – गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ