कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल « Khabarhub

कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका छन् ।

पत्रकार कृष्ण अधिकारीद्वारा लिखित ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकको आज विमोचन गर्दै अध्यक्ष दाहालले अतिवाद त्यागेर कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्ने बताएका हुन् । 

उनले ‘कर्मवाद, चिन्तन र अभ्यास’ पुस्तकले मानव जीवनमा कर्म, श्रम, नैतिकता, अनुशासन तथा सामाजिक उत्तरदायित्वको महत्वलाई दार्शनिक र व्यावहारिक दृष्टिकोणबाट उजागर गरेको उल्लेख गरे ।

कृतिले विभिन्न विचारोत्तेजक भावना, ऐतिहासिक कालखण्डका व्यक्तित्वको विचार, विभिन्न सम्प्रदाय, आस्था तथा दर्शनलाई समेटिएको अध्यक्ष दाहालको भनाइ थियो । वैचारिक, दार्शनिक र भावनात्मक पक्षलाई समेटेर तयार पारिएको पुस्तकले व्यक्ति, समाज र राष्ट्र निर्माणमा कर्मको भूमिकालाई विशेष प्राथमिकता दिएको उनले बताए ।

पुस्तकले कर्मलाई केवल व्यक्तिगत सफलता प्राप्त गर्ने माध्यमका रूपमा मात्र नभई सामाजिक दायित्व निर्वाह गर्ने आधारका रूपमा व्याख्या गरेको अध्यक्ष दाहालको भनाइ थियो । भौतिक तथा मानसिक श्रम विना जीवन र समाजको विकास सम्भव नहुने उनले बताए ।

अध्यक्ष दाहालले मानिस जन्मिएदेखि मृत्युसम्म कुनै न कुनै कर्ममा सङ्लग्न रहने भएकाले जीवनको प्रत्येक गतिविधि कर्मसँग जोडिएको उल्लेख गरे । गतिशीलता विना विकास सम्भव नहुने र श्रम तथा निरन्तर प्रयासबाट मात्रै व्यक्ति, समाज र राष्ट्रमा सकारात्मक रूपान्तरण ल्याउन सकिने विषयलाई पुस्तकले जोड दिएको उनले बताए ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले समाजको हितका लागि कर्मलाई अगाडि बढाउनुपर्ने बताए । उनले नकारात्मक सोच, घृणा र द्वेष फैलाउने मनस्थितिमा हाम्रो समाज अगाडि बढिरहेको अवस्थामा कर्मवादको ठूलो महत्त्व रहेको उल्लेख गरे । 

पछिल्लो समय समाजमा कर्मभन्दा कुरा ठूलो हुने, जिम्मेवारीभन्दा अधिकारको खोजी बढी गर्ने तथा इमानदार प्रयास र निरन्तर परिश्रमभन्दा छोटो बाटोबाट सफलता प्राप्त गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे  ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रामेश्वर फुँयालले कर्मवाद, नैतिकता, अनुशासन, परिश्रम र उत्तरदायित्वका विषयमा समाजमा गम्भीर बहस तथा चिन्तन आवश्यक भएको बताए  । व्यक्तिको व्यवहार र कार्यशैलीमा सकारात्मक परिवर्तन नआएसम्म समाजको समग्र रूपान्तरण सम्भव नहुने उनको भनाइ थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री एवं साहित्यकार सत्या अधिकारीले कुनै पनि कुरा आफैँमा खराब नभई गलत कर्म खराब भएकाले असल कर्म गर्न सबै लाग्नुपर्ने बताइन् । उनले पढे मात्र कृति सफल हुने भएकाले उक्त कृति सबैलाई पढ्न आग्रह गरिन् ।

नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बाँस्कोटा, भुँडिपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशवप्रसाद पराजुली लगायतले पछिल्लो समय पठन संस्कृति हराउँदै गएकामा चिन्ता व्यक्त गरे । 

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ७ : २२ बजे

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन – गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ