घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा « Khabarhub

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

चितवन – गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ गएका चितवन राइनोजका दर्शक खेल सकिनै लाग्दा पुगे । खेल सकिएपछि चितवनसम्म आइपुग्न १२ घण्टाभन्दा बढी सडकमा समय बिताउनुपर्‍यो ।

यो सबै समस्या पृथ्वी राजमार्गमा घोप्टेभिरको पहिरोका कारण भएको हो । चलिरहेका सवारी कतिबेला पहिरोले रोक्छ भन्नसक्ने अवस्था छैन । मुग्लिन बजारबाट झण्डै तीन किलोमिटर कुरिनटारतर्फ घोप्टेभिरमा झण्डै ३० मिटर माथिबाट सुक्खा पहिरो खसिरहेको छ । यसै कारण गन्तव्यमा पुग्ने निश्चितता सडकमा नभएको यात्रुको गुनासो छ ।

काठमाडौँबाट शनिबार चितवनतर्फ आउँदै गर्नुभएका सरोज रेग्मी कुरिनटार आइपुग्दा लामो सवारी जाम देखिएपछि तर्सिए । उनले भने, “साँझ नपर्दै घोप्टेभिर पार गर्ने भनेर हतारहतार आएको यही रोकिन पर्‍यो ।” झण्डै एक घण्टाको पर्खाइपछि उहाँले सडक पार गर्नुभयो । वबेलाबेलामा ढुङ्गा खसिरहँदा गन्तव्यसम्म पुग्ने अनिश्चितता र जोखिम उत्तिकै बढी छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले समयसमयमा ढुङ्गा सहितको पहिरो खसिरहेको बताए । सडक सफा गरेर सवारी पार गराउने गरिएको छ । शनिबार सडक रोकेर दुईतर्फी बनाइएको भए पनि आज बिहान पहिरो खसेर एकतर्फी सडक सञ्चालनमा आएको उनले जानकारी दिए ।

प्रहरी उपरीक्षक पौडेलले भने, “आज केहीबेर रोकिएको सडक एकतर्फी भएको छ । सवारी चाप घटेपछि केहीबेर रोकेर दुईतर्फी बनाउनुपर्छ ।” सडक रोकिँदा सवारी चालकले लेन मिच्ने समस्याका कारण सडक खुलेपछि पनि लामो समय सवारी जाम हुने गरेको उनले बताए ।

तिहारको भाइटिकाको अघिल्लो दिन राति ११ः०० बजेसम्म आफू र ट्राफिक कार्यालय चितवनका प्रमुख अनिल थापा सडकमा बसेर सवारी पार गराएको उनको भनाइ छ । उनले भने, “सावधानीकै कारण अहिलेसम्म ठूलो दुर्घटना हुन पाएको छैन ।” सबैलाई ट्राफिक नियम पालना गरेर सावधानीपूर्वक यात्रा गर्न भनिएको उनले बताए ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार सडकको छेउको डाँडो कमजोर भएर सुक्खा पहिरो खसिरहेको हो । तत्काल अहिले भइरहेको सडक विस्तारको ठेक्काबाट दीर्घकालीन समाधान निकाल्ने गरी काम गर्न नसकिने भएकाले पहिरो पन्छाउने काम मात्र भइरहेको उनले बताए । जतिसक्दो जोखिमपूर्ण पहिरो खसेर जोखिम कम गर्नेबाहेकको विकल्प अहिले तत्काल नभएको उनको भनाइ छ ।

यस पहाडको पहिरो रोकथामको दीर्घकालीन समाधानका लागि अध्ययन गरेर काम गरिने उनले बताए । पहिरो स्थलमा रातको समयका लागि बत्ती जडान गरिएको छ भने पहिरो खसेमा तत्काल पन्छाउन सक्नेगरी उपकरण र जनशक्ति तैनाथ अवस्थामा निर्माण कम्पनीले राखेको मिश्रले जानकारी दिए ।

यो सडक हुँदै १५ हजारभन्दा बढी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् । सवारी उच्च चाप हुने यस सडक थोरै समय रोकिँदा पनि सवारीको लाम लामो हुने गर्दछ । अत्यावश्यक कामका लागि हिँडेका यात्रु लामो समय सडकमा रहनुपर्दा आफ्ना अत्यावश्यक काम गर्नबाट बञ्चित हुने गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ८ : २७ बजे

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन – गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ