पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने « Khabarhub

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने


२९ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमाडौं १९.५ ओभरमा १६९ रनमा समेटियो ।

काठमाडौंका लागि हुसेन तलतले सर्वाधिक ५१ रन बनाए । उनले ३३ बलमा ५१ रनको योगदान दिएका थिए । अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।

पोखराका बलर दिनेश खरेलले ४ विकेट लिए । उनले ४ ओभरमा १८ रन खर्चिए । त्यस्तै, विपिन खत्रीले ३ विकेट लिँदा विपिन आचार्यले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको थियो । पोखराका लागि कुशल भुर्तेलले ५१ बलमा ९९ रन बनाए । उनी शतक बनाउन एक रनले चुके । उनले ८ चौका र ८ छक्का प्रहार गरे ।

त्यस्तै, युवराज सिंह सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतमा ८९ रन बनाए । कुशल र सम्राले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । कप्तान चामिका करुणारत्नेले ७ बलमा अविजित १९ रन बनाए ।

पोखराले बनाएको २२४ रन एनपीएल इतिहासकै सर्वाधिक योगफल हो । यसअघि विराटनगर किंग्सले दोस्रो संस्करणमा पोखराविरुद्ध बनाएको २२० रन सर्वाधिक थियो ।

यस जितसँगै पोखराले प्रतियोगिताको सुखद अन्त्य गरेको छ । पोखरा यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको थियो ।

७ खेलमा ४ जित र ३ हारबाट ८ अंक जोडेको काठमाडौं गोर्खाज लिग चरणमा तेस्रो स्थानमा रह्यो । तेस्रो स्थानमा रहेसँगै काठमाडौंले अब क्वालिफायर पुग्न एलिमिनेटर खेल्नुपर्ने भएको छ । काठमाडौंले बुधबार चितवन राइनोजसँग एलिमिनेटर खेल्नेछ । उक्त खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।

प्रकाशित मिति : २९ कार्तिक २०८३, आइतबार  ८ : ४९ बजे

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट

सूर्योदयको पर्खाइमा छठघाटमा जाग्राम बर्तालु

महोत्तरी – छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका

राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

काठमाडौं – कतारमा आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि

पोखरासँग हार्‍यो काठमाडौं, अब एलिमिनेटरमा चितवनसँग भिड्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सले

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन – गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ