आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार सन् २०२६ जनवरी १५ तारिख। माघ कृष्ण पक्षको द्वादशी तिथि। माघे संक्रान्ति, घ्यु चाकु खाने दिन, उत्तरायण आरम्भ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : आम्दानीका दृष्टिले दिन राम्रो छ। इज्जतमा भने दाग लाग्ने जोखिम छ। कानुनी सजाय हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा संलग्न भए नेतृत्वले साथ दिँदा संकटमा राहत मिल्नेछ।

वृष : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मनमा शान्ति मिल्नेछ। सम्पत्तिको जोसमा बोल्दा सचेत हुनुपर्नेछ। गोपनीयता भंग गरेमा अप्ठेरो परिस्थिति बन्नेछ। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछन्।

मिथुन : थोरै बोलेर काम गर्नुपर्ने दिन छ। गोपनीयता सार्वजनिक गरेमा अप्ठेरो परिस्थिति बन्नसक्छ। व्यापारमा साझेदारसँग सहयात्रा गरेमा फाइदा हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

कर्कट : दिन सामान्य राम्रो छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मेहनत थप गर्नुपर्ने अवस्था छ। विपक्षी साथीको साथ र सहयोग प्राप्त हुने योग छ। रोगले सताउने जोखिम छ।

सिंह : सञ्चित धन खर्च हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ।

कन्या : दिन सहज छ। आफ्नो कामबाट सन्तुष्टि मिल्नेछ। विपक्षी साथीले प्रशंसा गरेको सुन्न पाइनेछ। घरपरिवारसँग रमाइलो यात्रा तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गरेमा नाफा हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा होला। परिवारलाई व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ।

वृश्चिक : दिन राम्रो छ। आज गरेको लगानीले दीर्घकालसम्म आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्ने योग छ। साना कुराले मन अशान्त बन्नसक्छ। बिहान उठेर पिपलको दर्शन मात्र गरेमा दिन सहज बन्नेछ।

धनु : बोल्नु अगाडि सचेत बन्नुपर्नेछ। रमाइलो गर्ने नाममा गलत शब्द सार्वजनिक हुँदा साथीभाइ रुष्ट बन्नेछन्। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

मकर : बौद्धिक व्यक्तिले दिएको सुझाव कार्यान्वयन गरेमा दिन सार्थक बन्नेछ। शान्त भएर अगाडि नबढेमा आलोचना हुने जोखिम छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कुम्भ : सञ्चित धन खर्च हुनसक्छ। चिट्ठाको लोभमा नपर्नु राम्रो हुनेछ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा दिन सहज बन्नेछ। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मीन : नयाँ कामको अवसर प्राप्त हुनेछ। परिवारले दिएको सल्लाह अनुसार अगाडि बढेमा काम बन्नेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ५ : २५ बजे

स्वास्थ्यमन्त्री मेहताको कडा कदम : २१ विशेषज्ञ चिकित्सकको काज फिर्ता

काठमाडौँ – पहुँच र शक्तिको आडमा वर्षौंदेखि सुगम तथा सुविधासम्पन्न

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने