रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित « Khabarhub

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको छ। रोमाञ्चक बनेको खेलमा आर्सनलले चेल्सीलाई ३-२ गोल अन्तरले हराएको हो।

घरेलु मैदान स्टमफोर्ड ब्रिजमा चेल्सीका लागि गोलकिपर रोबर्ड सान्चेजको एउटा गल्ती महंगो सावित भयो। खेलको सातौं मिनेटमा आर्सनलले खेलमा अग्रता लिएको थियो। उसका लागि बेन ह्वाइटले पहिलो हेड गोल गरेका हुन्।

दोस्रो हाफको सुरुवातमै आर्सनलका लागि भिक्टर ग्योकेरेसले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। टिम २–० ले पछाडि परेको अवस्थामा चेल्सीका अलेन्ड्रो गर्नाचो मैदान प्रवेश गरेका थिए। वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका गर्नाचोले दुई गोल गर्दै चेल्सीको खेलमा उत्कृष्ट प्रदर्शन गरे। उनले खेलको ५७ औंँ र ८३ औँ मिनेटमा गोल गरेका हुन्।

आर्सनलका लागि खेलको ७१ औं मिनेटमा मार्टिन जुविमेन्डीले गोल गरे। आर्सनल प्रतियोगिताका पछिल्ला १० खेलमा अपराजित छ। चेल्सीले भने १३ खेलमा तीन जित मात्र हात पारेको छ। दोस्रो लेग फेब्रुअरी ३ मा आर्सनलको मैदानमा हुनेछ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ६ : ५४ बजे

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको