हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी « Khabarhub

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी


१ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न नसिकाएको तर विचार, तर्क, असहमतिलाई सभ्य रुपमा राख्न र समाधान खोज्न सिकाएको बताएका छन्। कांग्रेस विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि उनले कार्यकर्ता र नेताप्रति लक्षित गर्दै यस्तो बताएका हुन्।

‘जिउँदो मानिसले प्रशंसा पनि पाउँछ, गाली पनि खान्छ। चित्त दुख्छ पनि, खुसी पनि हुन्छ। यही नै जीवनको यथार्थ हो’, उनले फेसबुकमा लेखेका छन्, ‘तर हाम्रो पाठशालाले हामीलाई गाली गर्न होइन—विचार राख्न, तर्क गर्न, असहमति सभ्य रूपमा व्यक्त गर्न र समाधान खोज्न सिकाएको हो।’

उनले विचारको प्रतिस्पर्धा स्वस्थ हुने बताउँदै गालीले व्यक्ति र संस्था नबनाउने बताएका छन्। लोकतन्त्रले फरक मत राख्ने अधिकार मात्र नदिएर सुरक्षाको ग्यारेन्टीसमेत गर्ने उनको भनाइ छ ।

उनले थप लेखेका छन्, ‘लोकतन्त्रको सुन्दरता यही हो कि फरक मत राख्ने अधिकार मात्र होइन, त्यसको सुरक्षा हुने ग्यारेन्टी पनि हुन्छ।’

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ७ : २३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली