मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा « Khabarhub

मकरस्नानमा आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखिनै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट कालीगण्डकी नदीमा निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क राफ्टिङ डुङ्गाको व्यवस्था गरिएको जानकारी दिए ।

‘नवलपुरतर्फबाट सहज र छिटो रुपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न आउन सकिन्छ’, उनले भने, ‘जसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो भएर आउन सकिन्छ ।’

गैँडाकोटको वडा नम्बर १ र ३ जोड्ने जुक्तिखोलामा पक्की पुल बनेपछि गैँडाकोट पुल्चोकबाट उत्तरतर्फ करिब २० मिनेटको यात्राबाटै कालीगण्डकी नदीको केलादीघाटमा पुग्न सकिने वडाध्यक्ष तिवारीले बताए ।

केलादीघाटको पारिपट्टि देवघाटको बेनी सङ्गम रहेकाले डुङ्गा तरेर तथा कालीगण्डकी नदीमाथिको पक्की पुलबाटसमेत बेनी स्नानमा जान सकिने उनले बताए । चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने भन्दै वडाध्यक्ष तिवारीले नवलपुरतर्फबाट सहज रुपमा यात्रा गर्न सकिने बताए ।

गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारीपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको उनको भनाइ छ । बुधबार साँझदेखि नै भक्तजनहरूलाई कालीगण्डकी नदी वारपार गर्नका लागि केलादीघाटमा डुङ्गा तयारी अवस्थामा राखिएको उनले बताए ।

कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको जनाउँदै उनले बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको बताए ।

‘माघेसङ्क्रान्तिको दिन नवलपुर र पश्चिमतर्फबाट आउने तीर्थालुलाई नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको बेनी पुग्न निकै कठिन र असहज हुने गरेको छ’, वडाध्यक्ष तिवारीले भने, ‘तीर्थालुले माघेसङ्क्रान्ति स्नान सहज रुपमा गरुन् भन्ने उद्देश्यले हामीले केलादीघाटबाट निःशुल्क राफ्टिङ डुङ्गाको व्यवस्था गरेका हौँ ।’ राफ्टिङ डुङ्गाको प्रबन्ध गैँडाकोट ३ नम्बर वडा कार्यालयले गरेको उनले जानकारी दिए ।

नवलपुरसहित पश्चिमतर्फबाट आउने तीर्थालुहरू गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्नान गर्न जाँदा सहज र बाटोसमेत छोटो पर्ने उनले बताए । चितवनबाट देवघाट पुग्न पुल्चोकबाट १० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने भन्दै तिवारीले नवपुरतर्फबाट करिब पाँच किलोमिटरमा देवघाट पुग्न सकिने बताए ।

धेरै तीर्थालुलाई नवलपुरबाट सहज र छिटो देवघाट जाने बाटो थाहा छैन, गैँडाकोटबाटै सहज र छिटो देवघाटको बेनी पुगिन्छ भनेर प्रचारप्रसार गर्न हामीले पहल गरेर निःशुल्क डुङ्गाको व्यवस्था गरेका हौँ’, वडाध्यक्ष तिवारीले भने, ‘डुङ्गा सञ्चालकसँग हामीले सम्झौता गरेका छौँ, उनीहरूलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्छ, डुङ्गा चढ्ने तीर्थालुसँग कुनै पनि शुल्क लिइँदैन ।’

नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न वडाध्यक्ष तिवारीले आग्रह गरे । मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् ।

आज बिहान देवघाटको बेनी सङ्गमा देवघाटका विभिन्न धार्मिक सङ्घसंस्थाको उपस्थितिमा बाँसको लिङ्गो गाडेपछि देवघाटधाममा मकर स्नान सुरु भएको छ । 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ९ : ३० बजे

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट