अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल « Khabarhub

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर देउवाले ८० वर्षको उमेरमा पनि पदको मोह नत्याग्दा कांग्रेस फुटेको बताएका छन् ।

उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत देउवा पक्षले देखाएको व्यवहारको निन्दा गर्दै कांग्रेसमा नेतृत्व परिवर्तनको माग कांग्रेसीजनको मात्र नभइ देशकै भएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्– ‘८० वर्षको उमेरमा पनि पदको मोह नत्याग्दा कांग्रेस फुटेको हो । यसको सम्पूर्ण जिम्मेवारी शेर बहादुर एण्ड कम्पनीले लिनैपर्छ । कांग्रेसमा नेतृत्व परिवर्तनको माग कांग्रेसीजनको मात्र होइन, देशकै हो । लोकतन्त्रमा विश्वास राख्ने हरेक देशवासीले कांग्रेसमा नेतृत्व परिवर्तन भएको हेर्न चाहन्छन् ।’

खरेलले पार्टीको विशेष महाधिवेशन चलिरहँदा सभापति देउवा समूहले महामन्त्रीद्वय  गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेकोमा समेत आक्रोश व्यक्त गरेका छन् । 
उनले गगन र विश्वप्रकाशलाई गरिएको कारबाही घोर भत्सर्नायोग्य रहेको उल्लेख गर्दै महाधिवेशन सुरु हुनासाथ वैधानिकता समाप्त भएको केन्द्रीय कार्यसमितिका नेताहरूले के हैसियतमा कारवाहीको निर्णय गरे ? भन्ने प्रश्न गरेका छन् ।

उनले लोकतन्त्रको मूलमन्त्र नै बहुमत भएको भन्दै पार्टीका बहुमत सदस्यहरूको आह्वानमा भइरहेको विशेष महाधिवेशनको म्यान्डेटलाई सम्मान गर्न नसक्ने देउवा समूह लोकतन्त्रवादी हुन नसक्ने जिकिर समेत गरेका छन् ।

उनले तत्कालीन राजा ज्ञानेन्द्रबाट असक्षम प्रधानमन्त्री घोषित भएका देउवाले अहिले जेनजी आन्दोलनपछिको समाजको गति नबुझ्दा पार्टीलाई फुटबाट जोगाउन पनि असक्षम देखिएको आरोप लगाए ।

उनले भनेका छन्– ‘जेन–जी आन्दोलन पछि पुराना पार्टीहरू माथिको विश्वास हराइरहेका बेलामा, यो विशेष महाधिवेशन कांग्रेसलाई नयाँ माइलेज दिनका लागि पनि उपयुक्त थियो । यो विशेष महाधिवेशनमा सहभागि भएर शेरबहादुरले शानका साथ बिदाइ लिनसक्थे । तर, उनले त्यस्तो चाहेनन्, र, नतिजा आज जे भयो, देखियो । अझ, निर्लज्जताको पराकाष्ठा त गगन–विश्व लगायतका नेताहरूलाई कारवाहीको निर्णय गर्दा देखियो ।’

देउवाले महाधिवेशनमा सहभागी भएर शानका साथ बिदा लिने अवसर गुमाएको टिप्पणी गरेका छन् ।

खरेलले अबको कांग्रेस गगन–विश्वको भएको बताउँदै सफल कार्यकालको शुभकामनासमेत दिएका छन् ।

उनी लेख्छन्– ‘गगन र विश्वलाई शुभकामना । अबको कांग्रेस गगन–विश्वको हो । कांग्रेसलाई सुदृढ र सबल बनाउने जिम्मेवारी लिएर विशेष महाधिवेशनमा सहभागि भएका सबैलाई बधाई तथा शुभकामना । सबल कांग्रेस भनेको सबल लोकतन्त्र हो । यसको फाइदा अन्ततः देशलाई नै हुने हो ।’ 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १० : २५ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर