सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? « Khabarhub

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम  भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७६ हजार ५०० रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ४८५ रुपैयाँ कायम भएको छ । 

बुधबार एक तोला सुन दुई ७८ हजार रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ रुपैयाँमा कारोबार  भएको थियो । मङ्गलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० रुपैयाँ र त्यति नै चाँदीको मोल पाँच हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । 

गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १००ले बढेर दुई लाख ७४ हजार ७०० रुपैयाँ कायम भएको थियो । 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६३८ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 
 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  ११ : ३७ बजे

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी

कांग्रेस विभाजनले एमालेलाई सजिलो भयो, तर खुसी छैनौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रमुख प्रतिस्पर्धी दल

गगन नेतृत्वको कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

काठमाडौं– नेपाली कांग्रेसको नयाँ विशेष महाधिवेशनपछि गठन भएको नवनिर्वाचित कार्यसमितिको

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा