गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश « Khabarhub

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले ’अन्तर्राष्ट्रिय कानून विपरित छापा मारेको  युएनआरडब्लुएका आयुक्त–जनरल फिलिप लाजारिनीले बताएका छन् ।

लाजारिनीले सामाजिक सञ्जाल एक्समा इजरायली सेनाहरू पूर्वी जेरुसेलमको युएनआरडब्लुए र संयुक्त राष्ट्रको परिसर भित्र प्रवेश गरी स्वास्थ्य केन्द्र बन्द गर्ने आदेश दिएको बताएका छन् । 

प्यालेस्टिनी शरणार्थीहरूलाई प्राथमिक स्वास्थ्य सेवामा पहुँचबाट वञ्चित गर्दै इजरायली सेनाले स्वास्थ्य केन्द्रहरुलाई ३० दिनका लागि बन्द गर्न आदेश दिएको उनले बताए ।  

यसैबिच युएनआरडब्लुएले उपलब्द गराएका सुविधाहरूमा पानी र बिजुली आपूर्ति समेत–आउँदो हप्ता देखि कटौती हुने सुचना जारी गरीएको लाजारिनीले उल्लेख गरेका छन् । 

प्यालेस्टिनी शरणार्थी विरोधी यो कदम गत डिसेम्बरमा इजरायली संसदले पारित गरेको कानूनको प्रत्यक्ष परिणाम भएको जनाइएको छ । जसले सन् २०२४ मा अपनाइएका विद्यमान युएनआरडब्लुए विरोधी कानूनहरूलाई बढावा दिएको लाजारिनीले बताए । 

पछिल्लो अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) को फैसलाले अधिकारीहरू अन्तर्राष्ट्रिय कानून अन्तर्गत युएनआरडब्लुएको सञ्चालनलाई सहज बनाउन बाध्य रहेको उल्लेख गरेको छ । 
 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १२ : ३४ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– राष्ट्रव्यापी विरोध प्रदर्शनमाथि तेहरानले गरेको रक्तपातपूर्ण दमनका कारण संयुक्त

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक